विप्लव माओवादीले नियन्त्रणमा लियो ग्यास र इन्धन
हेटौँडा, २७ मंसिर/नाकाबन्दीका कारण मुलुक राजनीतिक, आर्थिक र मानविय संकटमा फसिरहेको अवस्थामा कालाबजारी, अपराधी, घुसखोरी र महङ्गी बढिरहेको भन्दै नेत्रविक्रम चन्द बिप्लब माओवादीले आपत्ति जनाएको छ ।
आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी मकवानपुर सेक्रेटरी बीरबहादुर घलान ज्वालाले सरकार र प्रहरी प्रशासनको मिलेमतोमा महङ्गी र कालाबजारी फस्टाइरहेको दाबी गरे । माओवादीले आइतबार ना.४ ख ६९७४ नम्बरको अग्नी बसबाट कालाबजारीका निम्ति अबैधरुपमा काठमाडौं लैजादै
गरेको पा“चसय लिटर पेट्रोल र खाना पकाउने ग्यासका २० वटा सिलिण्डर नियन्त्रणमा लिएको जानकारी दिए । ‘नाकाबन्दीको अवस्थामा गलत फाइदा उठाउ“दै अत्यावश्यक पेट्रा्लियम पदार्थ तीनसय देखि आठसय सम्म र खाना पकाउने ग्यास प्रतिसिलिण्डर आठहजार देखि १६ हजार सम्म खुल्ला रुपमा बिक्रीवितरण भैरहेको पाएका छौ“’ विज्ञप्तिमा भनिएको छ, ‘ना.४ ख ६९७४ नम्बरको अग्नी बसबाट नियन्त्रणमा लिएको ग्यास र सिलिण्डर जनतालाई वितरण गरेका
छौ“ ।’ जनतालाई वितरण गरिएको भनिएको पेट्रोलियम पदार्थ र ग्यासका सिलिण्डर क–कसलाई वितरण गरियो भन्ने बिषयमा भने खुलाएको छैन ।
कालाबजारीहरु यस घटनाबाट पनि प्रशासनद्वारा नियन्त्रित नभए पार्टीले निरन्तर यस्ता अभियान जारी राख्ने चेतावनी दिएको छ ।
भूकम्पबाट नेपाली जनता पीडित भएको अवस्थामा केही ठूला भनिएका राजनीतिक दलहरुले एकथान जनविरोधी संविधान जारी गरेसंगै भारतले गरेको अघोषित नाकाबन्दी दलाल सरकारको लाचारिपनका
कारण यहाँ अपराधीकरण बढ्दो रुपमा रहेको दाबी विज्ञप्तीमा गरिएको छ ।
