Header Ads


हेटौंडा जेसीजको चुनावी सरगर्मी सुरु बानिया“ र न्यौपानेको चुनाव हुने संकेत














हेटौँडा, २७ मंसिर/हेटौंडा जेसीजको बार्षिक साधारणसभाको मिति तय भएसंगै चुनावी सरगर्मी सुरु भएको छ । 

बर्ष–२०१६ को नेतृत्व गर्ने उद्देश्यका साथ जेसीजमा आबद्ध युवाहरुले आफ्नो उम्मेदवारी समेत घोषणा गर्न थालिसकेका छन् । संस्थामा आबद्ध युवाहरुले विभिन्न पदमा चुनाव लड्ने तयारीका साथ सामाजिक सञ्जाल फेसबुक मार्फत उम्मेदवारी घोषणा 
गरेका छन् भने आन्तरिक रुपमा भोट माग्न समेत सुरु गरिसकेका छन् । बर्ष–२०१६ का लागि अध्यक्ष पदमा हालका कार्यकारिणि उपाध्यक्ष धर्मराज बानिया“ र २०१४ मा अध्यक्षमा झिनो मतले पराजित भएका कृष्णराम न्यौपानेको चर्चा चलेको छ । अध्यक्ष पदमै सन्देश डिसी, सुदीप घिमिरे, अर्जुन पौडेल, प्रदीप पराजुली, ओम चौलागाईं, अनुप अग्रवाल र रवि नेपालको समेत नाम चर्चा चलेको भएपनि चुनावी भिडन्त भने बानिया“ र न्यौपानेको बीचमा हुन सक्ने सम्भावना रहेको जेसीजका एक सदस्यले जानकारी दिए । यस्तै दुई कार्यकारिणि उपाध्यक्ष पदका लागि ६ जनाको चर्चा चलेको छ । जसमा हालका महासचिव अरुणकुमार दाहाल, सुधिर दाहाल, रुपकराज दाहाल, विज्ञान रिमाल, सुधिर श्रेष्ठ, रबिन श्रीवास्तव र सुदीपसिंह ठकुरीको नाम चर्चामा छ । यस्तै चार उपाध्यक्षको लागि करिब १२ जनाको नाम चर्चामा रहेको छ । उपाध्यक्षको लागि दीपेश जोशी, पुष्पराज पुडासैनी, पवन कंशाकार, रोशन सापकोटा, श्रवणकुमार बर्तौला, साजन सुवेदी, राजु देउला, प्रल्हाद चौलागाईं, प्रल्हाद मिश्र, मनोज रिमाल र विश्व गौतमको चर्चा रहेको छ ।
 विभिन्न पदका लागि उम्मेदवारी दिने तयारीमा रहेका युवाहरुले पूर्व अध्यक्ष, वर्तमान कार्यसमिति एवम् साधारण सदस्यसंगको भेटघाट एवम् मत माग्ने कार्य सुरु गरिसकेका छन् । यहि पुष ३ र ४ गतेका लागि तोकिएको जेसीजको साधारणसभा एवम् निर्वाचनले २०१६ का लागि एक अध्यक्ष, दुई कार्यकारिणि उपाध्यक्ष र चार उपाध्यक्षको चयन गर्नेछ ।
Powered by Blogger.