प्रमले जनतालाई दुःख दिए ः भण्डारी
हेटौँडा, ४ पुस/प्रमुख प्रतिपक्षी नेपाली का“ग्रेसका केन्द्रीय सदस्य एवम् सांसद् शङ्कर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई दुःख दिने काम मात्र गरिरहेको आरोप लगाएका छन् ।
राष्ट्रवाद भनेको जनताले सुख पाउनु हो भन्ने तर्क गर्दै उनले यति बेला नेपाली जनता दुःख मा रहेको र केही नेता एवम् प्रधानमन्त्री ओलीले खोक्रो राष्ट्रवादको नारा घोकिरहेको बताए । भारतले
गरेको नाकाबन्दीका कारण आम नेपाली जनता दुःख सहन बाध्य रहेको भएपनि अहिलेको सरकारले समस्या समाधानको निम्ति कुनै ठोस कदम नचालेको नेता भण्डारीको भनाई छ ।
४० औं राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा नेपाली का“ग्रेस हा“डीखोला गाउ“ कमिटीको आयोजनामा भएको राष्ट्रिय एकता आजको आवश्यकता बिषयक कार्यक्रममा बोल्दै उनले नाकाबन्दी खुलाउने र तराईमा जारी आन्दोलनको बिषयमा का“ग्रेसले आफ्नो पार्टीको तर्फबाट भूमिका खेलिरहेको भएपनि सरकारको ठोस पहलकदमी नभएको बताए । तराई मधेशमा जारी आन्दोलन र भारतको नाकाबन्दीलगायतका बिषयमा सरकारलाई का“ग्रेस सहयोग गर्न तयार रहेको उनको भनाई छ । यस्तै सांसाद् इन्द्रबहादुर बानिया“ले देशको वर्तमान समस्या समाधानको निम्ति का“ग्रेसको नेतृत्व आवश्यक रहेको बताए ।
भारतले विभिन्न नाममा गरेको नाकाबन्दीले सारा नेपाली जनताले समस्या भोग्न बाध्य रहेको अवस्थामा प्रमुख प्रतिपक्षीको रुपमा रहेपनि का“ग्रेस टुलुटुलु हेरेर बस्न नसक्ने दावी गरे ।
नेपाली का“ग्रेस पूर्व जिल्ला कमिटी सदस्य नवराज उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली का“ग्रेस जिल्ला सभापति रघुरमण न्यौपाने, निवर्तमान जिल्ला सभापति माइकल रामचन्द्र अर्याल, महिला नेतृ उमा दाहाल र रीता खनाल, महासमिति सदस्य भरत पराजुली, जिल्ला कमिटी सदस्य नरहरि नन्दन उप्रेती, का“ग्रेस ४ नम्बर क्षत्रीय सभापति चित्रबहादुर थापा, सचिव विदुरबिक्रम थापा, कोषाध्यक्ष शङ्कर न्यौपाने, गाउ“ कमिटी सभापति
रामचन्द्र बर्तौला, सचिव उत्तम थापा, चन्द्रबहादुरन्यौपाने लगायतले समसामयिक राजनीतिक अवस्था, नेपाली का“ग्रेसको भूमिका लगायतको बिषयमा मन्तव्य व्यक्त गरेका थिए ।