हेटौंडा जेसीजमा बानिया“, लेडीमा खरेल
हेटौँडा, ४ पुस/हेटौंडा जेसीज बर्ष–२०१६ को अध्यक्षमा धर्मराज बानिया“ निर्वाचित भएका छन् ।
नया“ नेतृत्व चयनको लागि भएको ३८ औं बार्षिक साधारणसभा एवम् निर्वाचनबाट अध्यक्षका प्रत्याशी कृष्णराम न्यौपानेलाई ३१ मतले हराउ“दै बानिया“ अध्यक्षमा निर्वाचित भएका हुन् । बा“नियाले ६२ मत प्राप्त गरेका थिए भने न्यौपानेले ३१ मत प्राप्त गरे । निर्वाचन आयुक्त कविन साङ्गामीका अनुसार हेटौंडा जेसीजमा एकसय जना साधारण सदस्य रहेकोमा कुल ९३ मत खसेको थियो । अध्यक्ष बाहेक अन्य पदको भने निर्विरोध टुङ्गो लागेको थियो । अध्यक्षमा निर्वाचित भएका बानिया“ले चुनाव प्रजातान्त्रिक अभ्यास भएको तर्क गर्दै सबैलाई समेटेर अघि बढ्ने बताए ।
‘प्रक्रियामा सहभागी हुने क्रममा कृष्णराम जीसंग चुनाव भयो, उहा“ले हार्नुभो, मैले जिते“, यो फरक कुरा हो’, नवनिर्वाचित अध्यक्ष बानिया“ले भने, ‘यो कुरालाई यहि“ बिर्सेर उहा“सहितको टीमलाई समेटेर अघि बढ्ने मेरो प्रतिबद्धता हो ।’ उनले ‘प्लान अफ एक्सन’ अनुसार अघि बढ्ने बताउ“दै एक उपाध्यक्षले कम्तिमा तीनवटा कार्यक्रम गर्नुपर्ने नियम बनाएर अघि बढ्ने जानकारी दिए । हेटौंडा जेसीजको कार्यकारिणि उपाध्यक्षमा अरुणकुमार दाहाल र विज्ञान रिमाल निर्विरोध चयन भएका छन् भने उपाध्यक्षमा पुष्पराज पुडासैनी, पवन कंशाकार, दीपेश जोशी र रोशन सापकोटा निर्विरोध निर्वाचित भए । यस्तै, हेटौंडा लेडी जेसीजको अध्यक्षमा शोभा खरेल चयन भइन् । बर्ष–२०१६ का लागि शनिबार भएको बार्षिक साधारणसभाले खरेललाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
अध्यक्षमा चयन भएपछि खरेलले जेसीजमा आवद्व युवाहरुको व्यक्तिगत एवम् संस्थागत विकासको निम्ति निरन्तर लागिपर्ने बताइन् । महिलाहरु घरायसी काममा मात्र व्यस्त रहनुपर्छ भन्ने मान्यतालाई पन्छाउँदैं समाजको विकास र सामाजिक कार्यमा पनि महिलाहरुको महत्वपूर्ण भुमिका खेल्न सक्ने अध्यक्ष
खरेलको भनाई छ । साधारणसभाले कार्यकारिणी उपाध्यक्षमा सोफिया फागु र गमला बोेहरालाई चयन गरेको छ भने उपाध्यक्षमा सुष्मा लटौंला, अस्मिता श्रेष्ठ, सपना क“डेंल र एलिसा लामालाई चयन गरेको छ ।
साधारणसभामा लेडी जेसीजका पूर्व अध्यक्ष ग्रेस श्रेष्ठ, निवर्तमान अध्यक्ष एवम् राष्ट्रिय उपाध्यक्ष श्रद्वा सिलवाल, बसामाडी जेसिजका अध्यक्ष बिष्णुहरि पंण्डित, बस्तिपुर जेसीजका अध्यक्ष प्रेम बोलखे, बस्तिपुर जेसिजका निवर्तमान अध्यक्ष बसन्तकुमार सिटौंलालगायतले मन्तव्य व्यक्त गरेका थिए । लेडी जेसीजका उम्मेदवारहरुलाई नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष राजेशमोहन प्रधानले तालिम दिएका थिए ।
