अटोमोबाइल्स एशोसिएसनमा श्रेष्ठको नेतृत्व
हेटौँडा, ४ पुस/अटोमोबाइल्स एशोसिएन मकवानपुरको अध्यक्ष्ँमा सुदेशकुमार श्रेष्ठ चयन भएका छन् ।
शनिबार भएको १६ औं बार्षिक साधारणसभा एवम् आठौं अधिवशेनले श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नया“ कार्यसमिति चयन गरेको हो । जसको बरिष्ठ उपाध्यक्ष्ँमा सागर सापकोटा, उपाध्यक्षमा दामोदरप्रसाद अटल, महासचिवमा ऋषिकुमार ढकाल, सचिवमा धर्मराज धिमाल र कोषाध्यक्षमा रामहरी बञ्जरा चयन भए । यस्तै कार्य समिति सदस्यमा तोयानाथ अधिकारी, हरिवंशप्रसाद गुप्ता, देवीप्रसाद इटेनी, खोमराज काफ्ले, रविरञ्जनप्रसाद गुप्ता, राजकुमार आचार्य, ईश्वर अर्याल र दिपेन्द्रकुमार उप्रेती चयन भए । समितिको कार्यकाल ३ बर्षको हुने बताइएको छ । साधारणसभाको उद्घाटन अटोमोबाइल्स एशोसियन अफ नेपालका महासचिव कृष्णप्रसाद दुलालको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमका बक्ताहरुले हेटौंडामा एउटा अटो भिलेज हुनुपर्ने माग गरेका थिए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका कार्यालयका शंकरप्रसाद उपाध्याय, अटोमोबाइल्स अफ एशोसिएसनका कोषाध्यक्ष सुमित रिजाल, मकवानपुर उद्योग वाणिज्य संघका महासचिव महेन्द्र राउत, चितवन अटोमोबाइल्स एशोसिएसनका उपाध्यक्ष नवराज डल्लाकोटी, घरबहाल उपभोक्ता संघ मकवानपुरका अध्यक्ष नवराज न्यौपाने, मोबाइल एशोसिएसन अफ मकवानपुरका अध्यक्ष छतेन्द्र आचार्यलगायतको मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा महासिचव सागर सापकोटाले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

