Header Ads


४ र १० नम्बरमा युवक संगठन

हेटौँडा/राप्रपा नेपालको युवा दस्ता, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको संगठन विस्तार एवम् पुर्नगठन कार्यक्रम अन्तर्गत शनिबार हेटौंडा–४ र १० नम्बर वडामा कमिटी निर्माण भएको छ ।
 पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौला एवम् सांसद् गणेश थापाको विशेष उपस्थिती एवम् पार्टीका हेटौंडा नगर कमिटी अध्यक्ष गुरुप्रसाद सापकोटा, युवक संगठन नगर तदर्थ समिति अध्यक्ष भृगु कार्कीको आतिथ्यतामा वडा कमिटी निर्माण भएको हो । ४ नम्बर वडा कमिटीको अध्यक्षमा उमेश थापा, उपाध्यक्ष रोशन बर्तौला, सचिव ध्रुव गौतम, सहसचिव सागर तिमल्सिना र कोषाध्यक्षमा इन्द्रकुमार उप्रेृती रहेका छन् भने सदस्यमा अरुण बजगाईं, सनम बल लामा, रामकाजी श्रेष्ठ, समेन्द्र लामा, समिर केसी, सुवास लामा, विजय लामा, भृगु कार्की, मधु अधिकारी र रुमन चौलागाईं रहेका छन् । नया“ कमिटीले आज आइतबार दिउ“सो बासुदेव सभागृह सरसफाई गर्ने कार्यक्रम रहेको छ । यस्तै १० नम्बर वडा कमिटीको अध्यक्षमा पुन: सिराज थापा चयन भएका छन् । शनिबारको भेलाले थापाको अध्यक्षमा नया“ कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा सन्तोष कार्की, सचिव प्रकाश बस्नेत, कोषाध्यक्षमा विनोदलाल श्रेष्ठ र सदस्यमा बिष्णु काफ्ले, सुशान्त सिंह क्षेत्री, श्रीराम प्रजापति, आदर्श लामा र अमिर अन्सारी रहेका छन् ।
Powered by Blogger.