Header Ads


फुटबलको उपाधी शिखर क्लवलाई

हेटौँडा/मकवानपुरको उत्तरी क्षेत्र स्तरीय फुटबल प्रतियोगिताको उपाधी शिखर युवा क्लब शिखरकोटले जितेको छ । 
शनिबार भएको फाइनल भिडन्तमा ऋषेश्वर ११ लाई ट्राइब्रेकरमा ५–४ गोल अन्तरले हराउ“दै शिखरले उपाधी कब्जा गरेको हो । निर्धारित समयमा दुवै टीमले गोलरहित बराबरी खेलेपछि निर्णयको निम्ति ट्राइब्रेकरको सहारा लिइएको थियो । प्रतियोगितामा प्रथम भएको शिखरले २२ हजार दुईसय २२ रुपैंया“ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने ऋषेश्वर ११ ले १५ हजार पा“चसय ५५ रुपैंया प्राप्त गरेको छ । यस्तै निष्पक्ष युवा समूहलाई हराउ“दै तेस्रो भएको दम्की युवा क्लवले १० हजार एकसय ११ रुपैया“ प्राप्त गरेको छ । प्रतियोगिताको विजेता टीम तथा खेलाडीलाई खेलकुद विकास समिति थाहा नगर अध्यक्ष राजेश केसीले पुरस्कार वितरण गरेका हुन् । पुरस्कार वितरण गर्दै प्रमुख अतिथि केसीले यस्ता प्रतियोगिताले खेल क्षेत्रको विकासको निम्ति महत्वपूर्ण योगदान पु¥याउने दावी गरे । पुरस्कार वितरण कार्यक्रममा थाहा नगरपालिका कार्यालयका योजना शाखा प्रमुख प्रकाश लामा, सामाजिक शाखा प्रमुख सुदर्शन पहेली, पाथीभरा वचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक राजाराम कार्की, नेपाली का“ग्रेसका गणेशबहादुर लामा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
Powered by Blogger.