Header Ads


घाटी काटिएको अवस्थामा एक व्यक्ति फेला

हेटौँडा, ४ पुस÷मङ्सीर २४ गते बिहानदेखि हराइरहेका हेटौंडा–१९ नेवारपानीका रमेश प्रजा जङ्गलको बीचमा मृत अवस्थामा अवस्थामा फेला परेका छन् । 
करिब २३ बर्षीय प्रजा कालिका हरियाली सामुदायिक वन नेवारपानी र मेन्दोलिङ सामुदायिक वन सरिखेतको सिमानामा घा“टी काटिएको अवस्थामा शनिबार स्थानीयले फेला पारेका हुन् । बिहेमा जानको लागि भन्दै १० दिन अघि घरबाट हि“डेका उनी त्यसदिन देखि फर्केर नआएको स्थानीयले जानकारी दिएका छन् । विभिन्न स्थानमा खोजि कार्य गर्दा समेत नभेटिएपछि नेवारपानीका बासिन्दा शनिबार जङ्गल तर्फ खोजि गर्न गएका थिए । जङ्गलमा केही कुहिएको गन्ध आएपछि खोज्दै जाने क्रममा पछाडीबाट घा“टी काटिएको अवस्थामा फेला परेको बताइएको छ । यता जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी शिशु शर्माले केही दिनदेखि हराइरहेका प्रजा जङ्गलमा मृत अवस्थामा भेटिएको बताए । 
शरीर नै कुहिएको अवस्थामा फेला परेका प्रजाको शव प्रहरी र स्थानीयको टोलीले हेटौंडा ल्याउ“दै गरेको जानकारी दि“दै उनले घटनाको बिषयमा अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए ।
Powered by Blogger.