सहकारीको नया कार्यालय उद्घाटन
हेटौँडा/हेटौंडामा रहेको सुरक्षित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नया“ कार्यालयको उद्घाटन भएको छ ।
आइतबार मकवानपुर जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष बद्रिप्रसाद लम्सालले कार्यालयको उद्घाटन गरेका हुन् । गत वर्ष सहकारीका अध्यक्ष तथा अन्य कर्मचारीले आर्थिक हिनामिना गरेपछि सहकारी निष्क्रिय रहेको थियो । मसिंर २६ गते संस्थाले चौथो र पाचौ“ वार्षिक साधारणसभाको आयोजना गरी अध्यक्षमा नवराज अर्याल, सचिवमा छतेन्द्र आचार्य, कोषाध्यक्षमा रञ्जना महर्जन लगायत रहनेगरी नया“ कार्य समिति चयन गरेको थियो । संस्थाका अध्यक्ष अर्यालले सहकारीको नीति र नियम अनुसार सहकार्य गर्दै अघि बढ्ने बताए ।
सहकारीबाट ऋण लिएका व्यक्तिहरुले समयमा ऋण नतिर्नेहरुलाई सामाजिक दवाव दि“दै कानूनी प्रक्रियामा अघि बढ्ने उनको भनाइ छ । संस्थाको शेयर पू“जी आठलाख चारहजार, वचत तर्फ आठलाख ५७ हजार रुपैया“ रहेको र कर्जातर्फ छ लाख २० हजार रहेको जानकारी दिइएको छ ।
