Header Ads


सकियो परिवार नियोजनको आपतकालिन परियोजना

हेटौँडा/गत बैशाख महिनाको विनाशकारी भूकम्प पश्चात नेपाल परिवार नियोजन संघ हेटौंडाले सञ्चालन गरेको आपतकालिन सेवा परियोजनाबाट दुुईसय ६५ जना महिलाले सुत्केरी सेवा लिएको जानकारी दिइएको छ । 
परियोजनाको अन्त्यसंगै यसले गरेका कार्यको बिषयमा सरोकारवालाई जानकारी दिने उद्देश्यका साथ आइतबार आयोजना गरिएको छलफल कार्यक्रममा परियोजना सञ्चालन पश्चात आठहजार पा“चसय जनाले यौन तथा प्रजनन् स्वास्थ्यको बिषयमा जानकारी लिएको बताइएको हो । जुन महिना देखि डिसेम्बरसम्म सञ्चालित परियोजना अन्तर्गत जिल्लाको मनहरी, टिस्टुङ, हर्नामाडी र छतिवनमा क्याम्प खडा गरी सेवा प्रदान गरिएको संघका बरिष्ठ प्रबन्धक हेमन्तकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार भूकम्प पश्चात जिल्लाका स्वास्थ्य केन्द्र र प्राथमिक स्वास्थ्य केन्द्रलाई आवश्यक विभिन्न सामाग्री समेत वितरण गरिएको थियो । अन्तराष्ट्रिय परिवार नियोजन संघ सहितका सहयोगी संस्था संगको सहयोगमा यो परियोजना सञ्चालनबाट प्रजनन् स्वास्थ्य सेवा प्रदान गर्नुका साथै आपतकालिन सुत्केरी स्याहार केन्द्र निर्माण तथा आवश्यक सामाग्री समेत वितरण गरिएको संघ अध्यक्ष निगमलाल श्रेष्ठले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ल अधिकारी रामप्रसाद थपलियाले भूकम्प पश्चात मकवानपुरमा धेरै सरकारी एवम् गैरसरकारी संस्था कृयाशिल रहेपनि परिवार नियोजन संघले निकै उत्कृष्ट काम गरेको दावी गरे । छ महिना सञ्चालन भएको आपकालित परियोजना अन्तर्गतको कार्यक्रम प्रभावकारी रहेको तर्क गर्दै उनले यसलाई लम्ब्याउनका निम्ति अनुरोध समेत गरे । कार्यक्रममा जिल्लाका सञ्चारकर्मी सहित विभिन्न सरोकारवाला संघसंस्थाका प्रमुख एवम् प्रतिनिधीको उपस्थिती रहेको थियो । कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै परिवार नियोजन संघका उपसभापति इश्वर पण्डितले स्वागत गरेका थिए ।
Powered by Blogger.