Header Ads


युवा मोर्चाको संगठन विस्तार अभियान जारी

हेटौँडा/राष्ट्रिय युवा मोर्चा हेटौंडा–१० नम्बर समिति पुनर्गठन गरिएको छ । 
रविन केसी अध्यक्ष, राजकुमार लामा उपाध्यक्ष, मदनकुमार लामा सचिव, दीपक सिटौला कोषाध्यक्ष र बलबहादुर गुरुङ सहसचिव रहेको ११ सदस्यीय समिति सदस्यहरुमा सुरेशसिं तामाङ, सुशील न्यौपाने, श्यामसुन्दर कार्की, सञ्जीव लामा, कुमार शाही, अनुज प्रधान, पूर्णबहादुर लामा र सन्दीप श्रेष्ठ छन् । राप्रपा नेपाल हेटौंडा नगर अध्यक्ष गुरुप्रसाद सापकोटाको प्रमुख आतिथ्यता तथा युवा मोर्चा केन्द्रीय सदस्य सुन्दरविक्रम शाही, जिल्ला अध्यक्ष राजन खरेल, जिल्ला सचिव सुजन तिमल्सिना, नगर अध्यक्ष दिनेश लामा ‘साइला’, पार्टी वडा अध्यक्ष अमर लामालगायतले शुभकामना व्यक्त गरेका थिए । मोर्चाको जिल्ला अधिवेशन सम्पन्न नहुञ्जेल गाविस र वडास्तरमा संगठन विस्तार गर्दै राष्ट्रवादी युवाहरुलाई एकजुट बनाइने मोर्चा जिल्ला अध्यक्ष खरेलले बताए ।
Powered by Blogger.