Header Ads


जनजागृतिको अध्यक्षमा पूनः बस्नेत

हेटौँडा, १९ मंसिर/जनजागृति नगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुन इन्द्र बहादुर बस्नेत चयन भएका छन् ।
शनिबार भएको सहकारीको २४ औँ वार्षिक साधारण सभाबाट बस्नेत सर्वसम्मत रुपमा चयन भएका हुन्  । सभाबाट सदस्यमा नारायण पौडेल, राममाया देउजा, गोपाल सुवेदी, दिपिन अधिकारी, लक्ष्मी
मिछाने,सानीमाया पोखरेल, लोकनाथ पौड्याल चयन भएको छ। त्यसैगरी लेखा समितिको संयोजकमा पुन रेवतीरमण न्यौपाने चयन भएका छन् भने सदस्यमा दिलकुमार जमरकटेल, सीता अर्याल चयन भएका छन् । सहकारीको अध्यक्ष इन्द्र बहादुर बस्नेतको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला दुग्ध उत्पादक
सहकारी संघका अध्यक्ष बासुदेव
अधिकारीको प्रमुख आतिथ्यता रहेको
थियो । कार्यक्रममा गुणस्तरीय दुग्ध विक्रि वितरण गरीएको भन्दै विदुर सापकोटा र असल ऋणी जानुकादेवी घिमिरेलाई पुरस्कृत गरीएको थियो ।
सहकारीले बढी परिमाणमा दूध विक्रि वितरण गरीएको भन्दै  सरस्वती पोखरेल प्रथम, नारायणी जमरकटेल द्वितिय र विपिन अधिकारी तृतीय घोषणा गरी पुरस्कृत गरीएको थियो भने एसएलसी परिक्षामा उत्कृष्ट अंक हासिल गर्ने शेयर सदस्यका छात्र÷छात्रा अन्तर्गत  विशाल बराल र विशेष बस्नेतलाई पुरस्कृत
गरीएको थियो ।
 कार्यक्रममा डिभिजन सहकारी कार्यालयका प्रमुख तिलकराम पोखरेल, जिल्ला दुग्ध उत्पादक सहकारी संघका व्यवस्थापक कुमार मणी दाहाल लगायतको आतिथ्यता रहेको थियो ।
Powered by Blogger.