‘तराई मधेशमा जारी आन्दोलन पहिचानको लागि’
हेटौँडा, १९ मंसिर/संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले तराई मधेशमा जारी आन्दोलन पहिचानको आन्दोलन भएको बताएका छन् ।
संघीय गठबन्धन मकवानपुरको आयोजनामा शनिबार दिउ“सो हेटौंडाको बुद्धचोकमा भएको सभालाई सम्बोधन गर्दै उनले यसलाई जातिवादी आन्दोलनको रुपमा नबुझ्नको निम्ति अनुरोध गरे । अधिकार माग्दा भारतपरस्तको आरोप लगाइएको भन्दै उनले आफूहरु स्वाभिमानी नेपाली भएको तर्क गरे । ‘सबै छिमेकी मुलुकसंग उत्तिकै सम्बन्ध छ’, सह–अध्यक्ष श्रेष्ठले भने, ‘न हामी भारतपरस्त हौ“, न अन्य कुनै मुलुक परस्त नै ।’
उनले नेपाली जनताको एकता भएमात्र राष्ट्रिय एकता बलियो हुने तर्क गरे । ‘हाम्रो आन्दोलन कुनै जाति वा समुदायका बिरुद्ध हैन, आफ्नो अधिकारका निम्ति हो’, उनले भने । संविधानले छुट्याएको ७ मध्ये ६ प्रदेशमा एउटै जाति÷समुदायको बहुमत रहेको तर्क गर्दै उनले यसले प्रदेशको विभाजन हुनु र नहुनुमा कुनै अर्थ नराख्ने धारणा राखे । ‘संघीयता मिलेर साझा शासनका लागि हो’, श्रेष्ठले भने, ‘पुरानै तौरतरिकाले चल्ने हो भने अनेक बहानाबाजी गरिरहनुको के अर्थ ?’ उनले तराई मधेशमा भैरहेको अँन्दोलनको मागलाई तत्काल पूरा गर्न सरकारसंग माग गरे । यस्तै जनमुक्ति पार्टीका उपमहासचिव रबिन्द्र थिङले नेपालका प्रमुख राजनीतिक दलका नेताहरु नै भारतको इशारामा चलेको आरोप लगाए ।
अहिलेको संविधानलाई विश्वकै नमूनालायक संविधानको संज्ञा दिइएको भएपनि यसले नेपाल कै पिछडिएका जातजातिको मर्मलाई बुझ्न नसकेको
आरोप लगाए । संघीय गठबन्धन मकवानपुरका जीवनमान मोक्तानको अध्यक्षतामा भएको सभामा थरुहट पार्टीका अध्यक्ष भानुराम चौधरी, सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष दलमर्दन कामी, आदिवासी जनजाति पार्टी अध्यक्ष तामाङ बुद्धराज स्याङ्तानलगायतले देशको समसामयिक राजनैतिक अवस्था र
राजनीतिक दलको भूमिकाको बिषयमा मन्तव्य व्यक्त गरेका थिए । सभा सुरु हुनु अघि हेटौंडा बसपार्कबाट निस्किएको ¥याली टिसीएनरोड, सुमार्गी कम्प्लेक्स, सीमाचोक हु“दै सभास्थल बुद्धचोकमा आएको संघीय समाजवादी फोरम नेपाल जिल्ला अध्यक्ष शुभरत्न गोलेले जानकारी दिए ।

