रानी वन समूहद्घारा विभिन्न व्यक्ति सम्मानित
हेटौँडा, १९ मंसिर÷रानी सामुदायिक वन उपभोक्ता समूहले विभिन्न क्षेत्रमा योगदान पु¥याएकाहरुलाई शनिबार सम्मानित गरेको छ ।
पत्रकारितामार्फत वन समूहको प्रचार प्रसारमा सघाउ पु¥याउने रेडियो मकवानपुरका पत्रकार शिवचौलागाईलाई सम्मान प्रदान गरिएको छ । वन समूहको शनिबार भएको १९ औं बार्षिक
साधारणसभाका अवसरमा पत्रकारिता लगायत विभिन्न क्षेत्रबाट योगदान पु¥याउनेहरु सम्मानित भएका हुन् । सम्मानित हुनेहरुमा सहायक वन अधिकृत प्रवीण बिडारी, ज्येष्ठ सदस्य पूर्णभद्र दुलाल र ठेटकुमारी देवकोटा, एसएलसीमा उत्कृष्ट अंक ल्याउने विपना विडारी, रोचक दाहाल पनि रहेका छन् । यस्तै, वन डढेलो नियन्त्रणमा योगदान पु¥याउने रामशरण सापकोटा, विवेक बुढाथोकी, शिशिर खनाल र पुरुषोत्तम खनाललाई पनि सम्मान प्रदान गरिएको जनाइएको छ । साधारणसभाको अवसरमा सुनौलो आयआर्जन महिला समूहले वन समूहका कार्यालय सचिव भीमसेन पौडेललाई समेत सम्मान प्रदान गरेको छ ।
रानी वन उपभोक्ता समूहका विष्णुप्रसाद न्यौपानेको अध्यक्षता तथा व्यवस्थापिका संसदका सदस्य अनन्त पौडेलको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो । कार्यक्रममा बोल्दै सांसद पौडेलले नेपालमा जारी संकट वार्ता र संवादबाट नेपालमै समाधान गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला वन कार्यालय मकवानपुरका अधिकृत राजेन्द्र न्यौपाने, भूसंरक्षण कार्यालय मकवानपुरका पुष्पराम थापा, राष्ट्रपति चुरे तराई संरक्षण विकास समिती हेटौंडाका प्रमुख बसन्तराज गौतम, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका सचिवालय सदस्य रामहरी चौलागाई, वन समूहका सल्लाहकारहरु साधुराम चौलागाई, कृष्णबहादुर विडारी, कृष्णप्रसाद सञ्जेल, उपाध्यक्ष डोरबहादुर अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभामा लेखा समितीका संयोजक गोमा लामिछानेले समितीको प्रतिवेदन, वन समूहका सचिव नानीमाया रुम्बाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष बसन्तप्रसाद अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थिए । सभामा चालु आर्थिक वर्ष २०७२÷७३ का लागि करिब २३ लाखको अनुमानित बजेट पेश गरिएको कार्यालय सचिव भीमसेन पौडेलले जानकारी दिए ।
