Header Ads


मधेशको समस्या समाधान गर्न तयार ः नेता कोइराला

हेटौँडा,१५पुस/नेपाली का“ग्रेसका केन्द्रीय नेता डा. सशाङ्क कोइरालाले मधेसको समस्या सामाधान गर्न का“ग्रेस सक्षम रहेको बताएका छन् । 
‘केपी ओली नेतृत्वको सरकारले तराई मधेशको समस्या र नाकाबन्दीको समस्या समाधानमा खासै चासो देखाइरहेको अवस्था छैन’, उनले भने, ‘यो समस्या समाधान का“ग्रेसले सहजै गर्न सक्छ ।’ का“ग्रेसको नेतृत्वमा संविधान जारी भएदेखी मधेसमा समस्या आएकोले यसको हल पनि का“ग्रेसले नै गर्न सक्ने उनको भनाई छ । 
बुधबार हैटौंडा उपमहानगरपालिका वडा नम्बर–१४ पदमपोखरीमा भएको ४० औं राष्ट्रिय मेलमिलाप दिवस तथा नेपालको संविधान–२०७२ विषेश सभा नाम दिइएको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले मधेसले उठाएको जायज मागलाई सम्बोधन गरेर समस्या समाधान गर्नुपर्नेमा उनको जोड छ । नेता कोइरालाले भने, ‘नेपालको ठूलो तथा पुरानो पार्टी भएको कारण पनि समस्या समाधानमा का“ग्रेसको बिषेश भूमिका रहन्छ । प्रमुख प्रतिपक्षी भएपनि सरकारको जायज कदममा हामी सहयोग गर्न तयार रहेका छौ“ भन्दै आएका छौ“ र सहयोग गर्ने पनि छौ“ ।’ 
मधेसको समस्या समाधान गर्न वर्तमान सरकार असफल रहेकोले का“ग्रेस यसको जिम्मेवारी लिन तत्पर 
रहेको पनि उनले जानकारी दिए । मधेको माग सम्बोधनका लागि मधेसवादी दलले उठाएको सिमाङ्कन र निर्वाचन क्षेत्रका बिषयमा सरकार गम्भिर भएर प्रस्तुत हुन नसकेको आरोप लगाए । 
उनले भने, ‘का“ग्रेसले मधेसको मात्र हैन भारतसंग बिग्रिएको सम्बन्ध पनि सुधार गर्न सक्छ र त्यो आवश्यक पनि छ ।’ वर्तमान परीस्थिति थप जटिल बन्दै गएको भन्दै नेता कोइरालाले झन ढिलो गरे मुलुकमा अर्को विपत्ति निम्तिन सक्ने शंका गरे । भूकम्प र नाकाबन्दीबाट गम्भिर असर खेप्न बाध्य रहेका नेपालीमा सहनशिलता भएकोले नै अहिलेसम्म भयावह स्थिती नभएको भन्दै उनले सहनशिलता कहिलेसम्म रहने भन्ने कुराको कुनै टुङ्गो नभएको धारणा राखे । फरक प्रसङ्गमा नेता कोइरालाले नेपाली का“ग्रेसमा पनि अस्थायी गुटहरु भएको स्वीकार गरे । तर नकारात्मक गुटबन्दी भएमा भने पार्टी÷संगठन नै ध्वस्त हुने स्पष्ट 
पारे । 
कार्यक्रममा सांसदहरु एनपी साउद, चन्द्र भण्डारी, किरण यादब, इन्द्र बानिया“, रन्जित कर्ण, डा. चन्द्रमोहन यादव, का“ग्रेस मकवानपुर सभापति रघुरमण न्यौपाने, निवर्तमान सभापति माइकल रामचन्द्र अर्याल, महासमिति सदस्य रीता खनाल, ३ नम्बर क्षेत्रीय सभापति प्रदीप कोइराला, जिल्ला सदस्य बुद्ध लामा, १४ नम्बर वडा सभापति दुर्गाराज थोकर लगायतकाले देशको समसामयिक समस्या, नाकाबन्दी कारण नेपाली जनताले भोग्नुपरेको परिस्थिती र नेपाली का“ग्रेसको भूमिका र आगामी योजना लगायतको बिषयमा मन्तव्य व्यक्त गरेका थिए ।
Powered by Blogger.