Header Ads


जिल्लाका सञ्चारकर्मी जिम्मेवार :कार्की

हेटौँडा,१५पुस/‘सेन्टर फर मिडिया फोरम’को आयोजना तथा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको समन्वयमा  जिल्लामा क्रियाशिल पत्रकारहरुलाई लक्षित गरी आत्मअनुशासन विषयक दुइदिने तालिम बुधबारबाट सुरु भएको छ  । 
तालिमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी रहेका निमित्त प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले आचारसंहिताको पूर्ण रुपमा पालना गर्दै असमझदारीलाई समझदारीमा ल्याएर काम गर्नुपर्ने बताए । ‘जिल्लाका सञ्चारकर्मी जिम्मेवार छन्’  कार्कीले भने–‘पत्रकारहरुको सुरक्षाको प्रत्याभूति दिन जिल्ला प्रशासन कार्यालय सदैव तत्पर रहेको छ ।’ 
हेटौंडा उपमहानगरपालिका कार्यालयका निमित्त प्रमुख शंकर उपाध्यायले आत्मअनुशासनमा पत्रकारहरु मात्र होईन सबै रहनुपर्नेमा जोड दिए । त्यसैगरी जिल्ला विकास समिति मकवानपुरका इन्जिनियर निर्मल 
प्याकुरेलले सूचना प्रवाह गर्ने र जनतालाई मार्गनिर्देश गर्ने काम पत्रकार जगतको हुने भएकोले यस्ता कार्यक्रमले पत्रकारहरुलाई सूचना संप्रेषण गर्न सहज हुने बताए ।
 संस्थाका महासचिव विमल गौतमले कार्यक्रमबारे प्रकाश पारेका थिए । उनले दुई वर्ष अघि क्रियाशिल पत्रकारहरु मिलेर स्थापना भएको संस्थाले पत्रकारहरुको क्षमता अभिवृद्धि गराउने कार्य गर्दै आईरहेको 
बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष महेन्द्र श्रेष्ठले भारतले गरेको अघोषित नाकाबन्दीले जिल्लाका सञ्चारकर्मीहरु धरासय बन्दै गइरहेको बताए । संस्थाका अध्यक्ष ध्रुवहरी अधिकारीको सभाध्यक्षता रहेको उद्घाटन कार्यक्रममा  नेपाल पत्रकार महासंघ मकवानपुरका सदस्य सुरेश श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । 
Powered by Blogger.