Header Ads


एम्बुलेन्स संचालन सहयोगार्थ महायज्ञ

हेटौँडा,१५पुस/मकवानपुरको पूर्वी गाविस श्रीपुरछतिवनमा नया“ एम्बुलेन्स खरिद गर्न श्रीमदभागवत सप्ताह ज्ञानमहायज्ञ आयोजना हुने भएको छ ।
स्थानीय बुद्ध युवा क्लब, हात्तिसु“ढेले दुई गाविसमा सेवा दिने उद्देश्यसहित एम्बुलेन्स खरिद गर्न सप्ताह लगाउन लागेको जानकारी दिएको छ । सप्ताह क्लब परिसरमा पुस १८ गतेदेखि २६ गतेसम्म संचालन हुने अध्यक्ष विजय लामाले जानकारी दिएका छन् ।
क्लबले बुधवार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै पूवी गाविसको स्वास्थ्य सेवालाई झन सहज बनाउन क्लबले एम्बुलेन्स संचालन गर्ने उद्देश्यले सप्ताह लगाउन लागेको जानकारी दिएको हो । छतिवनको प्राथमिक स्वास्थ्य चौकीमा रहेको एम्बुलेन्स कमजोर भएको भन्दै क्लबले अर्को एम्बुलेन्स खरिद गर्न लागेको हो । पूर्वी क्षेत्रमै छतिवन र फापरबारीमात्र एम्बुलेन्स संचालन रहेको जनाइएको छ । क्लबले एम्बुलेन्स संचालन गर्दै छतिवन र शिखरपुरका सर्वसाधरणलाई सेवा दिने लक्ष्य लिएको छ । क्लबको मूल आयोजना तथा माता सत्यदेवीको संयोजनमा सप्ताह हुन लागेको हो ।
 सप्ताहमा चर्चित वाचन प्रविण पण्डित दीनबन्धु पोखरेलको मुखारबिन्दबाट कथा प्रवचन हुने अध्यक्ष लामाले बताए ।
Powered by Blogger.