चौलागाईको नेतृत्वमा आर्चरी
हेटौँडा,१५पुस/मकवानपुरमा आर्चरी संघ पूर्नगठन भएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष वालकृष्ण चौलागाईको अध्यक्षतामा संघ पूर्नगठन गरिएको हो ।
नेपाल आर्चरी संघका केन्द्रीय महासचिव दिपकराज गुरुङ र केन्द्रीय सचिव रमेश प्रसाद सिवाकोटीको विशेष उपस्थितिमा जिल्ला संघ पूर्नगठन गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । समितिको उपाध्यक्षमा वुद्धिनाथ न्यौपाने, सचिवमा किशोर श्रेष्ठ र कोषाध्यक्षमा रामशरण धिताल रहेका छन् । यस्तै सदस्यहरुमा अनिषा लामा, आर्चरीका राष्ट्रिय खेलाडीहरु कृष्णमाया स्याङ्तान र जितवहादुर मोक्तान तथा
रामवहादुर स्याङ्तान रहेका छन् । निर्वतमान अध्यक्ष अनिषा स्याङतानको अध्यक्षतामा वसेको वैठकले जिल्ला संघ पूर्नगठन गरेको हो ।
अरु तीनजना सदस्य समितिको वैठकले थप गर्ने अध्यक्ष चौलागाईले बताए । यस्तै केन्द्रिय प्रतिनिधिमा अध्यक्ष वालकृष्ण चौलागाई र खेलाडी तथा सदस्य कृष्णमाया स्याङतानलाई छनौट गरेको छ ।
