Header Ads


राप्रपाको वडा कमिटी विस्तार

हेटौंडा,१५पुस/राष्ट्रिय प्रजातन्त्र पार्टी हेटौंडा उपमहानगरपालिका–४ र १६ मा वडा कमिटी गठन भएको छ । राप्रपा नेपालको कमिटी विस्तार अभियान अन्तर्गत बुधवार ४ र १६ न. वडा इकाई कमिटी गठन गरिएको हो । ४ न. वडा भेलाले कमिटीको अध्यक्षमा सुदर्शन पाठकको अध्यक्षता २१ सदस्यीय कमिटी गठन भएको हो । उपाध्यक्ष कृष्ण सुनुवार तथा सदस्यमा धुव्र संजेल, रामहरि बञ्जारालगायत २१ सदस्यीय कमिटी बनेको हो । दानबहादुर थापाको सभाध्यक्षतामा भेला भएको थियो । यसैगरी महिला संगठन अबितला लामाको अध्यक्षतामा गठन गरिएको छ । सदस्यमा मन डिसी, शोभा बस्नेतलगायत १३ सदस्यीय कमिटी गठन भएको छ । 
यसैगरी १६ न. वडामा भीम बहादुर घलानको अध्यक्ष्ँतामा १३ सदस्यीय वडा इकाई कमिटी गठन भएको छ । उपाध्यक्षमा राम थिङ, सचिव राजु आले मगर, कोषाध्यक्ष रत्न माया“ स्याङतान चयन भएका छन् । त्यस्तै गंगा घलानको अध्यक्षतामा महिला संगठन गठन भएको छ । 
सदस्यमा ज्ञानीमाया थोकर, सानी बल र  ठूलीमाया स्याङतानलगायत ९ सदस्यीय कमिटी चयन भएको छ । सानु गोङ्बाको अध्यक्षतामा युवक संगठन गठन भएको छ । उपाध्यक्षमा नरबहादु मोक्तान, सचिव मंगल तामाङलगायत ९ सदस्यीय कमिटी चयन गरिएको हो । 
राप्रपा नेपालका केन्द्रीय सदस्य दीपकबहादुर सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य तथा नारायणी अञ्चल संयोजक मधु अधिकारी, नगर अध्यक्ष गुरुप्रसाद सापकोटा, युवक संगठन अध्यक्ष अर्जुन ढुङगाना, ३ न. क्षेत्रीय अध्यक्ष धुव्र संजेल, नगर अध्यक्ष भृगु कार्कीलगायतको आतिथ्यता रहेको थियो ।
Powered by Blogger.