साधारणसभा सम्पन्न
हेटौँडा,१५पुस/ दुग्ध सहकारीकर्मी कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष कुमारमणी दाहालको सभाध्यक्षता रहेको कार्यक्रममा जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष दाहालले कार्य प्रगति प्रस्तुत गर्नुको साथै आर्थिक प्रतिवेदन पनि प्रस्तुत गरेका थिए । ३४ जना शेयर सदस्य रहेको संस्थाले १५ लाख ३५ हजार आर्थिक कारोबार गर्न सफल भएको दाहालले जानकारी दिए ।
उक्त साधारणसभाबाट दुग्ध जन्य विक्रि वितरण गर्ने संस्थाहरुलाई शेयर सदस्य प्रदान गर्ने, उत्कृष्ट कार्य गर्ने महानुभावहरुलाई पुरस्कार लगायतको कार्य आगामी वर्ष गरीने संस्थाले जनाएको छ ।
कार्यक्रममा मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका व्यवस्थापक बलराम हुमागाइँ, डुमारवाना दुग्ध उत्पादक सहकारी संस्था बाराका व्यवस्थापक दिपक घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।

