Header Ads


पुस्तक तथा स्टेशनरीमा थापाको नेतृत्व

हेटौँडा,१८पुस÷नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा मकवानपुरको अध्यक्षमा अजित थापा चयन भएका छन् । 
शनिबार हेटौंडामा भएको पा“चौ जिल्ला अधिवेशनले थापाको नेतृत्वमा नया“ कार्यसमिति चयन गरेको हो । महासंघको प्रथम उपाध्यक्षमा बासु न्यौपाने, द्धितीय उपाध्यक्षमा महेश रेग्मी, सचिवमा पुष्कल नेपाल, कोषाध्यक्ष विज्ञान रिमाल र सहसचिवमा केशवप्रसाद मुडवरी चयन भएका छन् । यस्तै सदस्यमा अमिर चौलागाईं, बलराम थापा, सिताराम दाहाल, गीता बस्नेत, किरण लामा र पिताम्बर राय चयन भएका छन् भने सल्लाहकारमा प्रेमलाल श्रेष्ठ, नवीन पौडेल, लक्ष्मण दाहाल, रामचन्द्र फुसर्ती आचार्य र राममणि ढुङ्गानालाई चयन गरेको छ ।
 यो कार्यसमितिको पदावधि तीन बर्षको हुनेछ । जिल्ला सम्मेलनको उद्घाटनका क्रममा निरन्तर रुपमा व्यवसाय सञ्चालन गर्दै आएका तीनजना अग्रजलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा देवप्रसाद श्रेष्ठ, अमरदेवप्रसाद दास र रामचन्द्र आचार्य फुसर्ती रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका मध्यमाञ्चल उपाध्यक्ष पुष्पराज पौडेल, जिल्ला अध्यक्ष किरणबाबु न्यौपानेलगायतले सम्मान गरेका हुन् । 
जिल्ला अध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटनमा मध्यमाञ्चल उपाध्यक्ष 
पुष्पराज पौडेल, केन्द्रीय सदस्य किरणकुमार खनाल, पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष भानुभक्त आचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
Powered by Blogger.