Header Ads


एकहप्ताभित्र आपूर्ती व्यवस्था सहज हुन्छ : मन्त्री ढकाल

हेर्टौँडा,१८पुस÷शान्ति तथा पुर्ननिर्माण मन्त्री एकनाथ ढकालले सरकार अबको एक हप्ताभित्र मुलुकमा आपुर्ती व्यवस्था सहज बनाएर शान्ति पुर्नवहाली गर्न लागिपरेको बताएका छन् । 
पा“चवटा नाका पूर्ण रुपमा खुलिसकेको तर्क गर्दै उनले अब बीरगञ्ज नाका मात्र खुल्न बा“की रहेको र त्यसलाई समेत एक हप्ताभित्रमा खुलाउने प्रयास भैरहेको जानकारी दिए । युनिभर्सल पिस फेडेरेसनको आयोजनामा हेटौंडामा भएको पारिवारिक महोत्सवको उद्घाटनका क्रममा उनले जायज माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए । 
‘तराई मधेशमा आन्दोलनरत साथीहरुलाई वार्ता र सम्वादबाट आफ्ना माग हल गर्नको निम्ति अनुरोध गर्न चाहन्छु’, मन्त्री ढकालले भने, ‘काठमाण्डौं आउनूस्, नाकामा बसेर आन्दोलन गरेर हु“दैन यो सडकको बिषय हैन ।’ नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष समेत रहेका उनले काठमाण्डौं आएर सांसद्हरुलाई ‘कन्भिन्स्’ गरी आफ्नो जाजय माग पूरा गराउन तर्फ लाग्न मधेशी दलका नेताहरुलाई अनुरोध गरे । ‘जायज माग पूरा गर्न सरकार प्रतिबद्ध छ । 
राष्ट्रियता विखण्डन हुने र सामाजिक सद्भाव खल्बलिने मागसंग सरकार कुनै हालतमा सम्झौता गर्दैन’, मन्त्री ढकालले भने । मधेश केन्द्रीत दलसंग पछिल्लो समय सरकारले निरन्तर वार्ता र छलफल गरिरहेको जानकारी दि“दै उनले केही दिनभित्रै सहमति हुने विश्वास समेत लिए । 
युनिभर्सल पिस फेडेरेसनको आयोजनामा सञ्चालन भएको पारिवारिक महोत्सवले लैङ्गीक समानताको सन्देश दिनुका साथै परिवारमा खुसी एवम् सुखी ल्याउन मद्दत पु¥याउने विश्वास व्यक्त 
गरे । पछिल्लो समय पतिपत्नीबीच मनमुटावले सम्बन्ध बिच्छेदका घटना बढ्दै गएको अवस्थामा पतिपत्नीबीचको प्रेम र निष्ठालाई उजागर गर्दै परिवारिक मूल्य मान्यता समाजमा स्थापति गर्ने मुख्य उद्धेश्यले महोत्सव आयोजना गरिएको आयोजकको भनाई छ । 
कार्यक्रममा शान्ति दूत सम्मानबाट व्यवसायी सिद्धिलाल श्रेष्ठलाई सम्मानित गरिएको थियो भने युवा शान्ति दूत सम्मानबाट मामाघर नेपालका संयोजक अर्पण पराजुली र मानवसेवा आश्रम हेटौंडाका संयोजक रामजी अधिकारीलाई सम्मानित गरिएको थियो । 
हेटौंडाको भूटनदेवी स्कूलको चौरमा भएको कार्यक्रममा पा“चहजार तीनसय जोडीले सहभागिता जनाएको आयोजकको दावी रहेको छ । कार्यक्रममा कलाकारहरु खुपीका बाउ, हनुमानसहित राम थोकर, लक्ष्मण थोकर र प्रलय चौलागाईंले व्यङ्ग्यात्मक रुपमा पारिवारिक सद्भाव एवम् स्नेहको बिषयमा आफ्नो प्रस्तुती समेत व्यक्त गरेका थिए ।
Powered by Blogger.