Header Ads


१० बर्षमा २ सय १६ जजक मुद्धामा सहजीकरण

हेटौँडा, १८ मंसिर÷माइती नेपाल पुर्नस्थापना केन्द्र मकवानपुरले १० बर्षको अवधीमा २ सय १६ वटा जबरजस्ती करणीको मुद्धामा सहजीकरण गरेको जानकारी दिइएको छ ।
गत २०१५ डिसेम्बरबाट सुरु भएको आइडिया परियोजनाको बिषयमा जानकारी गराउने उद्देश्यसहित आयोजना गरिएको परिचयात्मक कार्यक्रममा यस्तो जानकारी दिइएको हो । १० बर्षकै अवधिमा ३८ वटा वेचविखनको मुद्धामा, लैङ्गीक हिंसा सम्बन्धि ९ सय १३ वटा मुद्धामा सहजीकरण गरेको जानकारी दिइयो । त्यसैगरी उद्धारपश्चात ९६ जनालाई परिवारमा पुर्नस्थापना गरिएको, जिल्ला प्रहरी कार्यालय मकवानपुरको सिफारिसमा ६ सय ७२ जनालाई अस्थायी संरक्षण दिइएको र २९ जना बेसाहारालाई केन्द्रमा संरक्षणको लागि पठाइएको माइती नेपालका निर्देशक विश्वराम खड्काले जानकारी दिए ।
 यस्तै माइती नेपालले प्रत्येक जिल्लामा भूकम्प प्रभावित २५ घरलाई गाई, कुखुरा, कृषि बिउविजन लगायतका सामाग्री प्रदान गर्ने जानकारी गराइएको छ । यस्तै प्रत्येक जिल्लामा ५ वटा बालमैत्री केन्द्र स्थापना गरिने निर्देशक खड्काको भनाई छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायाधीश कृष्णराम
कोइरालाले पछिल्ला समय धेरै संघसंस्थाहरुले समाजमा रहेर काम गरिरहेको भएपनि ग्रामीण क्षेत्रमा चेतना स्तर उस्तै रहेकोले यस तर्फ ध्यान दिन सुझाव दिए ।
माइती नेपालले गरेको कार्यको प्रशंसा गर्दै उनले ग्रामीण क्षेत्र केन्द्रीत भएर काम गर्नु अनुरोध समेत गरे । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रताप बिष्टलगायत विभिन्न सरकारी एवम् गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी एवम् जिल्लाका सञ्चारकर्मीको उपस्थिती रहेको थियो । कार्यक्रमका सहभागीले जिल्लामा कृयाशिल गैरसरकारी संस्थाले समन्वयमा काम गर्नुपर्ने र भूकम्प पीडितका लागि ल्याइने कार्यक्रम एउटै क्षेत्रमा दोहोरिन नहुने सुझाव दिएका थिए । गत २०१५ डिसेम्बरबाट सुरु भएको आइडिया परियोजना मकवानपुरमा २०१६ डिसेम्बरसम्म सञ्चालन हुने माइती नेपाल मकवानपुरका कार्यक्रम संयोजक माया लामाले जानकारी
दिइन् ।
Powered by Blogger.