Header Ads


कृषि पत्रकार प्रतिष्ठानमा काशी

हेटौँडा/मकवानपुरमा कृयाशिल पत्रकारहको भेलाले कृषि पत्रकार प्रतिष्ठान मकवानपुर शाखा गठन गरेको छ ।
हेटौंडामा शुक्रबार भएको भेलाले शिवकुमार काशी अध्यक्ष रहनेगरी ७ सदस्यीय कृषि पत्रकार प्रतिष्ठान मकवानपुर गठन गरेको हो । प्रतिष्ठानको उपाध्यक्षमा राजन दाहाल ‘रसिक’, सचिवमा गणेशदर्पण अधिकारी, कोषाध्यक्षमा प्रिया पौडेल र सहसचिवमा पुष्पराज अधिकारी रहेका छन् ।
यस्तै सदस्यमा सुवास बिडारी र प्रदीप अधिकारी रहेका छन् । बा“की २ जना सदस्य पछि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष काशीको भनाई छ । मोफसलमा रहेका पत्रकारले हरेक बिधामा कलम चलाउनुपर्ने बाध्यात्मक परिस्थिती रहेको भएपनि प्रतिष्ठानमा आबद्ध पत्रकारलाई कृषि सहित वन, वातावरण, सहकारी लगायतका क्षेत्रको विकास एवम् प्रबद्र्धनमा सघाउ पु¥याउन सहयोगीको रुपमा अघि बढाइने लक्ष्य लिइएको छ । यस कार्यका लागि सम्बन्धित क्षेत्रसंग आबद्ध सरकारी एवम् गैरसरकारी संघसंस्था संग समन्वय गरी अघि बढ्ने लक्ष्य लिइएको सचिव गणेशदर्पण अधिकारीले जानकारी दिए ।
पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्यको बिशेष उपस्थितीमा भएको भेलाले कृषि पत्रकार प्रतिष्ठान मकवानपुर शाखा गठन गरेको हो ।
Powered by Blogger.