होटल एसोसिएनमा शर्माकै नेतृत्व
हेटौँडा, १८ मंसिर/होटल एसोसिएसन अफ मकवानपुरको अध्यक्षमा पुनः भागीरथ शर्मा चयन भए ।
एसोसिएसनको शुक्रबार हेटौंडामा भएको सातौं बार्षिक साधारणसभाबाट तेस्रो कार्यकालका लागि शर्मा नै अध्यक्षमा निर्विरोध चयन भएका हुन् । उनी हेटौंडाको मोटल एभोकाडोका सञ्चालक तथा पर्यटन व्यवसायी हुन् । उनको कार्यकाल तीन वर्ष हुनेछ । भेलाले उपाध्यक्षमा शालिकराम शर्मा, महासचिवमा शंकरलाल श्रेष्ठ, कोषाध्यक्षमा विजय श्रेष्ठ, सचिवमा कल्याण पौडल, सहकोषाध्यक्षमा सुरेश लामा तथा सदस्यहरुमा उमाप्रसाद रौनियार, धनकुमारी महर्जन, विनोद मानन्धर, निपु सोनार, कल्याण पौडेल, महेश दाहाल तथा जयराम श्रेष्ठलाई चयन गरेको छ । संघ अध्यक्ष शर्माको अध्यक्षतामा भएको साधारणसभामा कार्यसमिति सदस्य कल्याण पौडेल तथा रिगल हेटौंडा रिसोर्टका सञ्चालक बिष्णुगोपाल महर्जनलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
महासचिव शालिकराम शर्माले प्रगति र कोषाध्यक्ष शंकरलाल श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।