मउवा संघमा उद्योग संघ पदाधिकारीको स्वागत सहकार्य अघि बढ्ने प्रतिबद्धता
हेटौँडा, १८ मंसिर÷उद्योग संघ मकवानपुरको १४ औं साधारणसभाबाट नेतृत्वमा आएका पदाधिकारीलाई मकवानपुर उद्योग वाणिज्य संघले एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ ।
शुक्रबार मउवा संघको कार्यालयमा भएको स्वागत कार्यक्रममा उद्योग वाणिज्य संघका पदाधिकारीले उद्योग संघका नवनिर्वाचित पदाधिकारीलाई टिका, माला र खादा लगाएर स्वागत गरेका हुन् । स्वागत कार्यक्रमका वक्ताले उद्योगी व्यवसायीको समस्या समाधानको लागि मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । उद्योग संघका नवनिर्वाचित अध्यक्ष नवराज अर्यालले आगामी दिनमा दुवै संघको बीचमा कार्यगत एकता हुने विश्वास लिए ।
‘उद्योग प्रबद्र्धनको बिषयमा उद्योग वाणिज्य संघ संग सहकार्य गरी अघि बढ्न तयार रहेका छौ“’, उनले भने, ‘केही तिक्तता आएमा दुवै संस्था मिलेर अघि बढ्नेछौ“ ।’ उनले मकवानपुर उद्योग वाणिज्य संघ संग आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने दोहो¥याए । यस्तै उद्योग संघका पूर्व अध्यक्ष माधव अधिकारीले यस अघि यी दुई संघको बीचमा एक अर्काको अस्थित्व स्वीकार नगर्दा समस्या आएको जानकारी दि“दै यस तर्फ सचेत रहन नया“ नेतृत्वलाई अनुरोध गरे । निवर्तमान अध्यक्ष ऋषिराम घिमिरेले उद्योग संघ र उद्योग वाणिज्य संघलाई एउटै सिक्काको दुईपाटाको संज्ञा दि“दै मिलेर अघि बढ्नुपर्ने सुझाए । ‘पहिला एक अर्काको कार्यालयमा छिर्दा र कार्यक्रममा जा“दा जात जाला जस्तो व्यवहार
गरिन्थ्यो’, घिमिरेले भने, ‘पछिल्लो समय म र मउवा संघको अध्यक्ष मिलेर एउटै उद्योगमा लगानी समेत गरेका छौ“ ।’ एक अर्काको अस्थित्व स्वीकार गर्न सकेमा एक रहन सकिने निवर्तमान अध्यक्ष घिमिरेको विश्वास छ ।
नेपाली का“ग्रेस जिल्ला सभापति रघुरमण न्यौपानेले पछिल्लो समय उद्योग संघमा नेतृत्व गर्ने प्रतिस्पर्धा बढेकोले यसको महत्व बढाएको दावी गरे । ‘नेतृत्व लिनको निम्ति चुनाव भएकै कारण वैमनश्यता बढाउन हुन्न’, उनले भने, ‘औद्योगिक क्षेत्रमा आउन सक्ने समस्या समाधानको लागि एक भएर अघि बढौ“, राजनीतिक दल तपाईहरुसंगै छ ।’ यस्तै एकीकृत नेकपा माओवादीका जिल्ला नेता बलराम बलले नाकाबन्दीको असर सबै क्षेत्रमा परेको तर्क गर्दै यो अवस्थामा नेपालीले गरेको धैर्यतालाई सबैले सम्मान गर्नुपर्ने बताए । राप्रपा नेपाल अध्यक्ष नवराज बिष्टले औद्योगिक क्षेत्रको समस्या समाधानका लागि जिल्लाका राजनीतिक दल सहयोग गर्न तयार रहेको बताए । उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले उद्योग संघ संगको सहकार्यमा उद्योगी व्यवसायीको हितका लागि नया“ योजनाका साथ अघि बढ्ने बताए । ‘हामीबीच एउटै भावनाको विकास हुनु आवश्यक छ’, उनले भने, ‘उद्योग नै नरहने वाणिज्य नै रह“दैन ।’
उनले औद्योगिक क्षेत्रमा आउने र आउन सक्ने समस्या समाधानका लागि मिलेर अघि बढ्नु अहिलेको आवश्यकता रहेकोमा जोड दिए । उद्योग संघको साधारणसभाले शुक्रबार नवराज अर्यालको नेतृत्वमा २ बर्षीय कार्यकालको लागि नया“ नेतृत्व चयन गरेको थियो ।
नया“ कार्यसमितिका पदाधिकारीले भने भारतले गरेको नाकाबन्दीका कारण उद्योग व्यवसाय संकटमा परेको र यस्तो अवस्थामा नेतृत्व गर्न परेकोमा दुःख व्यक्त गर्दै असहज परिस्थितिका वावजुद् पनि उद्योगीको हकअधिकारको निम्ति निरन्तर लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।