बाल श्रमिकको प्रयोग कायमै
हेटौँडा, १७ मंसिरहेटौंडामा रहेका केही होटलमा अझैपनि बाल श्रमिकको प्रयोग भैरहेको पाइएको छ ।
श्रम कार्याल नेतृत्वको बालश्रम अनुगमन टोलीले बिहीबार गरेको होटल अनुगमनको क्रममा केही होटलमा १४ बर्षमुनिका बालश्रमिकको प्रयोग भैरहेको भेट्टाएको हो । हेटौंडा–३ पुरानो मकवानपुरमा रहेको देवलाल श्रेष्ठले सञ्चालन गरेको होटलमा सुकौराका १३ बर्षीय बालक कामदारको रुपमा रहेको पाइएको हो । अनुगमन टोलीले होटल सञ्चालक श्रेष्ठलाई आइतबार श्रमिक बालक एवम् उनको अभिभावकसहित सिविन बालहेल्पलाइनको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । यस्तै हेटौंडाको पिपलबोट नजिकै रहेको दुईवटा होटल, रिजाल सपिङ प्जाला मुनि रहेको ओपन किचन हाउस र स्कूलरोडमा रहेको युनिभर्सल क्याफेमा अनुगमन गरेको
हो ।
जसमध्ये ओपनकिचेन हाउस र युनिभर्सल क्याफेका १६ बर्षका एक÷एकजना कामदारलाई लिएर आइतबार सिविन बाल हेल्पलाइनमा उपस्थित हुनको निम्ति रोजगारदातालाई अनुगमन टोलीले निर्देशन दिएको छ । अनुगमन पश्चात प्रतिक्रिया दि“दै श्रम कार्यालयका निमित्त कार्यालय प्रमुख श्यामकुमार श्रेष्ठले गत बर्षहरुमा भन्दा बालश्रमिकको बिषयमा रोजगारदाताहरु सचेत भएको पाइएको बताए । ‘१४ बर्ष मुनिकालाई काममा लगाउन हुन्न भन्ने धारणा रहेको पाइयो’, उनले भने, ‘यस अघिका अनुगमनले राम्रै प्रभाव पारेको रहेछ भन्ने बुझियो । अनुगमनलाई निरन्तरता दिनु आवश्यक छ, यस तर्फ हामी सचेत छौ“ ।’
अनुगमनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत दिवाकर पौडेल, जिल्ला विकास समिति मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापा, हेटौंडा नगरपालिका कार्यालयका हिम शर्मा पौडेल, महिला तथा बालबालिका कार्यालय प्रमुख शोभा शाह, सिविन बाल हेल्पलाइनका कार्यक्रम संयोजक झविन्द्र ज्ञवाली, बालकल्याण समाज जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक वेद गौतम, पत्रकार महासंघ मकवानपुरका गणेशदर्पण अधिकारी लगायतको उपस्थिती रहेको थियो ।