उद्योग संघ अध्यक्षमा अर्याल
हेटौँडा, १७ मंसिर÷उद्योग संघ मकवानपुरको अध्यक्षमा नवराज अर्याल निर्विरोध चयन भएका छन् ।
संघको बुधबार भएको अधिवेशनले अर्याललाई सर्वसम्मत रुपमा चयन गरेको हो । यस्तै प्रथम उपाध्यक्षमा लेखराज पोखरेल निर्विरोध चयन भए । द्घितीय उपाध्यक्षमा श्रीहरि मास्केलाई एक मतले पराजित गर्दै विके बोस विजयी भए । बोसले ४० र मास्केले ३९ मत प्राप्त परेका थिए ।
द्धितीय उपाध्यक्ष बाहेक अन्य प्रमुख पदको सर्वसम्मत रुपले टुङ्गो लागेको थियो । महासचिवमा स्वागतराज प्याकुरेल, सचिवमा बासु कार्की, कोषाध्यक्षमा सुुकृतराज पराजुली, सहकोषाध्यक्षमा शिवहरि आचार्य चयन भए । खुल्ला तर्फको ७ सदस्यको लागि १३ जनाको उम्मेदवारी परेकोमा लोकनाथ लुई“टेल (६०), श्याम ढकाल (५९), लेखनाथ अधिकारी (५८), शिरोमणि प्याकुरेल (५२), प्रल्हाद चौलागइंं (४९), नथुराम ढुङ्गाना (४८) र किशोर अर्याल (४२) विजयी भए । पराजित भएका मनोजकुमार कोइरालाले ३७, गणेशहरि उप्रेतीले ३५, वविन लिगलले ३२, शुन्दरकुमार जोशी र शरद्चन्द्र भट्टराईले २९ तथा चित्र प्रसाईंले १८ मत प्राप्त गरे ।
अध्यक्षमा चयन भएपछि प्रदेश दैनिकलाई प्रतिक्रिया दि“दै अर्यालले सदैव उद्योगीको हितमा काम गर्ने बताए । ‘मलाई सर्वसम्मत रुपले अध्यक्षमा चयन गर्न मद्दत गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु’, उनले भने, ‘नाकाबन्दीका कारण उद्योगी प्रत्यक्ष मारमा रहेका छन्, यस्तो अवस्थामा नेतृत्व सम्हाल्नु सजिलो बिषय त हैन । कठिन अवस्थामा पनि सबै उद्योगीलाई साथ लिएर अघि बढ्ने छु ।’
