Header Ads


राजनीतिक दल स्तरीय फुटबल २४ गतेबाट

हेटौँडा, १७ मंसिर/हर्षनर स्मृति जेसीज कप राजनीतिक दल स्तरीय फुटबल प्रतियोगिताको दोस्रो संस्करण यहि मङ्सीर २४ गतेबाट सञ्चालन हुने भएको छ । 
हेटौंडा जेसीजको आयोजनामा हुने यस प्रतियोगिता सेभेन ए साइड हुने भएको छ । प्रतियोगिताको बिषयमा जानकारी दिनको निम्ति बुधबार आयोजित पत्रकार सम्मेलनमा जेसीजका अध्यक्ष दीपकराज मिश्रले गत बर्षबाट सुरु गरिएको यस प्रतियोगिता यस बर्षबाट भने सेभेन ए साइडको रुपमा हेटौंडाको भूटनदेवी उच्च माविको चौरमा सञ्चालन गर्ने बताए । 
हेटौंडा जेसीजका पूर्व अध्यक्ष ज्योतिरत्न बज्राचार्यको स्वर्गीय हजुरवुवा हर्षनर बज्राचार्यको स्मृतिमा हेटौंडा जेसीजले जिल्लामा कृयाशिल राजनीतिक दलको बीचमा सहकार्य एवम् सहभावना जागृत गराउने उद्देश्यका साथ यो प्रतियोगिता सुरु गरेको हो । यस प्रतियोगिताको संयोजक हेटौंडा जेसीजका कार्यकारिणि उपाध्यक्ष धर्मराज बानिया“ रहेका छन् । २४ गतेबाट सुरु हुने प्रतियोगितामा जिल्लाका ८ राजनीतिक दलले सहभागिता जनाउने आयोजकको अनुमान रहेको छ । प्रतियोगितामा सहभागिता जनाउने खेलाडी सम्बन्धित राजनीतिक दलको जिल्ला कमिटी सदस्य, संविधानसभाको उम्मेदवार वा समानुपातिक उम्मेदवार हुनुपर्ने कार्यक्रम संयोजक धर्मराज बानिया“को भनाई छ । लिग कम नकाउटको आधारमा खेलाइने प्रतियोगिताको विजेता तथा उपविजेताले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जेसीज निवर्तमान अध्यक्ष कविन साङ्गामीले जानकारी दिए । पत्रकार सम्मेलनमा उपस्थित भएका नेपाल जेसीजका कार्यकारिणि उपाध्यक्ष अञ्जनीकुमार 
पराजुलीले यस प्रतियोगिताले राजनीतिक दलका नेताबीचको सम्बन्ध थप प्रगाढ हुनुका साथै खेल क्षेत्रको विकासमा समेत सघाउ पुग्ने विश्वास लिए । प्रतियोगिता गत बर्षबाट सुरु भएको हो ।
Powered by Blogger.