Header Ads


मकवानपुरमा हप्तामा ४९ घण्टा मात्र लोडसेडिङ

हेटौँडा,१३पुस/मकवानपुरमा सोमबारबाट प्रत्येक दिन एकघण्टाको दरले लोडसेडिङ् कम हुने सहमति भएको 
छ । 
सातामा ५६ घण्टा लोडसेडिङ हु“दै आएकोमा अब ४९ घण्टा मात्र हुने भएको छ । दैनिक एकघन्टा लोडसेडिङ कम गर्न नेपाल विद्युत प्राधिकरण सहमति जनाएको हो । मकवानपुर उद्योग वाणिज्य संघको समन्वयमा सोमबार उद्योग वाणिज्य संघको सभाहलमा भएको सर्वपक्षिय छलफलमा यस्तो सहमति भएको हो । अन्य जिल्लामा आजकल सातामा ७७ घण्टा लोडसेडिङ् भइरहेको भएपनि मकवानपुरमा भने सातामा ४९ घण्टा मात्रै लोडसेडिङ हुने भएको छ । 
गत बर्ष नै मकवानपुरलाई लोडसेडिङमुक्त बनाउनुपर्ने माग गर्दै राप्रपा नेपाल र यसको भ्रातृ संगठनले आन्दोलन गरेपश्चात मुलुकमा जतिसुकै घण्टा लोडसेडिङ भएपनि मकवानपुरमा ५६ घण्टा भन्दा बढि नबढाउने सहमति भएको थियो । राप्रपा नेपालका युवा एवम् बिद्यार्थी संगठनले पुरानो सहमति पालना नगरिए आन्दोलन गर्ने चेतावनी दिएपश्चात उद्योग वाणिज्य संघले सर्वपक्षिय छलफलको आयोजना गरेको
हो । 
सोमबार भएको सहमति अनुसार विहान बेलुका खाना पकाउन सहज हुने गरी लोडसेडिङ तालिका निर्माण गरिएको छ । उद्योगी व्यवसायीको पक्षमा भन्दा पनि आम सर्वसाधारण जनताको हितमा हुने गरी बिहान बेलुका बिद्युत कटौति नगर्ने सहमति भएको राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन मकवानपुरका अध्यक्ष अर्जुन ढुङ्गानाले जानकारी दिए । उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको संयोजकत्वमा भएको छलफलका सहभागीले जिल्लामा तीनओटा विद्युत आयोजना ह“ुदाहुदै लोडसेडिङ नघट्नु दुःखद् भएको बताएका थिए । 
छलफलका क्रममा देशकै ठूलो हेटौंडाको औद्योगिक क्षेत्रको लागि भने एक कार्यदल तयार गरी नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यलयमै गई विशेष व्यवस्थाको लागि पहल गरिने सहमति समेत भएको छ । छलफलमा नेपाली का“ग्रेस मकवानपुर ३ नम्बर क्षेत्रीय सभापति प्रदीप कोइराला, एमाले मकवानपुरका सचिव एकालाल श्रेष्ठ, एकीकृत नेकपा माओवादी मकवानपुरका सहसचिव प्रकाश पाण्डे, राप्रपा नेपाल मकवानपुरका सचिव खिलप्रसाद चौलागाई तथा नेपाल विद्युत प्राधिकरणका क्षेत्रीय प्रमुख दीघार्यू श्रेष्ठ लगायतले लोडसेडिङका कारण भोग्नुपरेको समस्या र मकवानपुरलाई लोडसेडिङमुक्त गर्नुपर्ने लगायतका बिषयमा आफ्नो धारणा राखेका थिए । 
Powered by Blogger.