Header Ads


संविधानको प्रचार हात्तिसुढे र भीमफेदीमा

हेटौँडा,१३पुस/‘नेपालको संविधान जनताको संविधान, जनताको संविधान जनताको माझमा’ राष्ट्रव्यापी प्रचार अभियान कार्यक्रम सोमबार मकवानपुरको भीमफेदी र छतिवनको हात्तिसु“ढेमा भएको छ । 
जिल्ला विकास समिति मकवानपुरको आयोजनामा भीमफेदीमा भएको कार्यक्रममा सांसद् सुभाषचन्द्र ठकुरीले नेपालको संविधान ९१ प्रतिशत जनप्रतिनिधिले स्वीकार गरेको भन्दै यसको विरोध गर्नुको औचित्य नभएको बताए । जिल्ला विकास समिति मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा भीमफेदी, निबुवाटार, भैसे, कोगटे र इपा पञ्चकन्या गाविसका सर्वसाधारणको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति रघुरमण न्यौपाने, नेकपा एमालका प्रतिनिधि भगवती पुडासैनी, एकीकृत नेकपा माओवादीका जिल्ला उपाध्यक्ष बलराम बल, राप्रपाका क्षेत्रिय अध्यक्ष सिताराम बर्तौला, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष बिनोद रिजाल, महिला जागृती बचत तथा ऋण सहकारी संस्था अध्यक्ष रीता कुमारी आलेलगायतकाले बोलेका थिए । यस्तै सांसद इन्द्रबहादुर बानिया“को प्रमुख आतिथ्यतामा छत्तिवनको हात्तिसुढ“ेमा भएको कार्यक्रममा धियाल, मन्थली, ठिंगन शिखरपुर र छतिवनका सर्बसाधरणको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै सांसद बानियाले संविधानको कार्यान्यन गर्न सकेमात्र संविधान निर्माणको औचित्य हुने बताए । कार्यक्रममा एमाओवादी मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामी, राप्रपा नेपाल मकवानपुरका अध्यक्ष नवराज विष्ट, नेपाली का“ग्रेसका क्षेत्रीय सभापति दामोदर खनाल, गाविस स्तरीय राजनितिक दलका प्रतिनिधी लगायतले बोलेका थिए ।
Powered by Blogger.