Header Ads


‘संविधानमा गुरुङको अधिकार सुनिश्चित भएन’

हेटौँडा,१५पुस/तमु ह्युल छोंज धि“ (गुरुङ राष्ट्रिय परिषद्) केन्द्रीय सदस्य पदमबहादुर गुरुङले केही समय अघि जारी भएको नेपालको संविधान अन्तर्गत संंघीय संरचनामा गुरुङ जातिको सा“स्कृतिक सघनता सुनिश्चित नभएको बताएका छन् ।
गुरुङ जातिको नया“ वर्ष तमु ल्होछारको सन्दर्भमा बुधबार हेटौंडामा  भएको कार्यक्रममा उनले संंघीयतामा तमु जातिको बाहुल्य जिल्लालाई सा“स्कृतिक र जातीय आधारमा छुट्टै पहिचान नदिएको बताए । नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष समेत रहेका गुरुङले मुलुकमा जारी भएको संविधानले सबै जातिको समान प्रतिनिधित्व समेत सुनिश्चित नगरेको धारणा राखे ।
संविधान जारी भएपछि नाकाबन्दी र मधेश आन्दोलनलगायतका समस्याले मुलुक कठिन अवस्थामा प्रवेश गरेको भन्दै संविधान कार्यन्वयनमा चुनौती रहेको भनाई राखे । तमु ह्युल छोंज धीं मकवानपुरले हेटौंडा–२ वनस्खण्डीमा वनभोज एवम् शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा शुभकामना दि“दै सहभागीले सा“स्कृतिक अधिकारस“गै राजनीतिक अधिकारका लागि गुरुङ जाति सहित सम्पूर्ण आदिवासी जनजाति एकजुट हुनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष तीर्थबहादुर थापामगर, व्यवसायिक सीप विकास तथा तालिम केन्द्र मकवानपुरका प्रमुख युवराज गुरुङ, नेपाल मगर युवा संघका केन्द्रीय अध्यक्ष अशोक सँरुमगर, नेपाल कुमाल सुधार समाजका भैरबबहादुर कुमाल, भुजेल सेवा समाज मकवानपुरका अध्यक्ष धु्रवबहादुर भुजेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
जातीय भेषभुषामा एकै थलोमा उपस्थित भएका मकवानपुरका गुरुङ समुदायले विभिन्न जातीय नृत्य समेत प्रस्तुत गरेका थिए । तमु ह्युल छोज धिं मकवानपुरका कार्यबाहक अध्यक्ष पुष्पबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो । भेडा वर्षलाई विदाई तथा ‘प्र ल्हो’ अर्थात बा“दर वर्षलाई स्वागतस“गै कार्यक्रम सम्पन्न भएको छ । तमु ल्होछारका दिन सरकारले प्रत्येक वर्ष सार्वजनिक विदा समेत दि“दै आएको छ ।
Powered by Blogger.