गाँजा फडानी गर्न गएको प्रहरी टोली माथि आक्रमण
हेटौँडा, २१ मंसिर÷मकवानपुरको नामटारमा गाँजाखेती फंडानी गर्न गएका प्रहरीमाथि स्थानीयले आक्रमण गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट गएको ५१ जना प्रहरीको टोलीमाथि नामटार—६ भवाङमा अज्ञात व्यक्तिहरुले आक्रमण गरेपछि प्रहरीले प्रतिकार गरेको मकवानपुरका प्रहरी उपरिक्षक मिरा चौधरीले बताइन् । गांजा फँडानीका लागि भवाङको डाँडा चढ्दै गरेका प्रहरीको टोलीलाई डांडामाथिबाट ढूँगा हान्नुका साथै केही
राउण्ड फायरीङ समेत भएपछि प्रहरीले १७ राउण्ड हवाई फायर गर्नुपरेको प्रहरी उपरिक्षक चौधरीले बताइन् । स्थानीय यमराज व्लोनका अनुसार वडा नं ६ भवाङमा गाजा फडानि गर्न गएका प्रहरी माथि भवाङका नभइ भवानीपुर गाँउका केहि युवाहरुले आक्रमण गरेको थिए । गाँजा तस्करहरुले २० राउण्ड गोलि हानेका थिए । दोहोर गोलि हानाहानले स्थानीय त्रसित भएका छन् ,गाजाँ फडानी गर्न प्रहरी उपरीक्षक धिरज प्रताप सिंहको नेतृत्वमा ५१ जना प्रहरी मंसिर १७ गतेबाट नामटार अप्रेशनमा छन् । अबैध रुपमा गरिएको गाँजा खेति फडानी गर्न जाँदा उल्टै प्रहरीमाथी गोलि चलाउनेलाई खोजी गरेर कारवाही गर्ने प्रहरी उपरीक्षक
चौधरीले बताइन् । गाँजा फडानी अभियान अन्तर्गत लागुऔषध नियन्त्रण ब्युरो काठमाण्डौका प्रहरी उपरिक्षक धिरजप्रताप सिँह नेतृत्वको टोली र मकवानपुरबाट प्रहरी निरिक्षक डम्बरबहादुर पुरी नेतृत्वको टोलीले संयुक्त रुपमा गाँजा फडानी गर्दै आएको छ । टोली नामटार ६ मा १२ विघामा लागएको गाँजा खेती फडानी गरि नष्ट गरेको जनाएको छ ।
