Header Ads


सेफ सेन्टरबाट महिला लाभान्वित

हेटौंडा, २१ मंसिर/ भूकम्पपछि त्रासमा रहेका यहाँका महिलालाई लक्षित गरी सञ्चालन गरिएको सेफ सेन्टरहरुबाट महिलाहरुले सामाजिक अन्यायविरुद्ध पनि आवाज उठाउने ऊर्जा प्राप्त गरेका छन् ।
ती सेन्टरहरुबाट लाभान्वित महिला हिंसा, मानब बेचबिखन तथा ओसारपसार र घरेलु हिंसाका विषयमा जानकार भएकाले आफूलाई वा कसैलाई हिंसा भएमा एकजुट भएर आवाज उठाउन सक्षम भएको निष्कर्ष निकालेको हो । एक्सन एड अन्तर्राष्ट्रिय नेपालको सहयोगमा मकवानपुर महिला समूहले १५ जुलाईदेखि ३० अक्टोबरसम्मको अवधिमा सञ्चालन गरेकाो सेफ सेन्टरहरुबाट लाभान्वित एकसय २२ महिलाले महिला अधिकार मञ्चसँग समन्वय गरी हिंसाविरुद्ध बोल्न सकने भएका हुन् । 
उक्त कार्यक्रमका सन्दर्भमा सोमबार आयोजना गरिएको सामाजिक लेखा परीक्षण कार्यक्रममा समूह अध्यक्ष ईश्वरी बानियाँले समूहको कार्यक्षेत्रभित्र परेका पदमपोखरी, चुरियामाई, हाँडीखोला, बसमाडी र हटियाका महिलाका लागि समूह निर्माण गरी सेफ सेन्टर सञ्चालन गरिएको जानकारी दिइन् ।
महिलाहरु समूहमा बसी छलफल गर्दा उनीहरुलाई परेको समस्याका विषयमा छलफल गर्ने र सोको समाधानका विषयमा केन्द्रीत रहँदा व्यक्तिगत सक्षमताको विकास भएको अध्यक्ष बानियाँको दाबी 
छ । उनले भूकम्पपश्चात् मानसिक तनाब भएका महिला तथा किशोरीहरुलाई विभिन्न प्रकारका खेलको माध्यमबाट मनोरञ्जन गराउन सफल हुनुका साथै परामर्शका माध्यमबाट उनीहरुलाई सहज वातावरण सिर्जना गर्ने सफलता मिलेकामा खुशी व्यक्त गरिन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला विकास समिति मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले भूकम्पपछि करोडौं रुपियाँ ल्याएर काम गर्ने संघसंस्थाहरुले समाजिक परीक्षण नगरेको गुनासो गरे । उनले सेफ सेन्टरका पहिचान गरी समाजमा लागूऔषध मादक पदार्थ सेवन प्रयोगकर्ताहरुको संख्या न्यूनीकरण गर्न पहल गर्नुपर्ने सुझाब दिए ।
कार्यक्रम संयोजक निशा लामाले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । उनले हिंसामा परेका महिलाको तथ्यांक समयमै नआउँदा र राजनीतिक हस्तक्षेपका कारण वितरण कार्यक्रम सम्पन्न गर्न चुनौती देखा परेको बताइन् ।
Powered by Blogger.