Header Ads


शिवम्को बिषयमा मन्त्रीलाई ध्यानाकर्षण

हेटौँडा, १६ मंसिर/नेकपा एमालेको युवा दस्ता युवा संघ नेपाल मकवानपुरले हेटौंडा हटियामा रहेको शिवम् सिमेन्टले नाकाबन्दीको समयमा बढि मूल्य लिएर ठगी गरेको भन्दै उद्योग मन्त्री सोमप्रसाद पाण्डेलाई लिखित रुपमा ध्यानाकर्षण गराएको छ । 
अहिले शिवम् सिमेण्टमा प्रचलित मूल्य भन्दा एकसय ५० रुपैंया भन्दा बढि लिएर ठगी गरेको भन्दै युवा संघ मकवानपुरले लिखित ध्यानाकर्षण गराएको हो । तराईमा भैरकेको आन्दोलन र एवम् भारतको नाकाबन्दीको मौका छोपेर प्रचलित मूल्य भन्दा बढी रकम लिएको युवा संघको भनाई छ । कार्यक्रममा सहभागी हुन हेटौंडा आएका उद्योग भन्त्री सोमप्रसाद पाण्डेलाई संघका अध्यक्ष सन्तोष चौलागाईंले ज्ञपान पत्र बुझाउ“दै शिवम्को मनपरितन्त्र हावी हु“दा उपभोक्ता मारमा परेको बताए । 
जिल्ला प्रशासनलाई शिवम्को अत्याचारको बिषयमा पटक–पटक जानकारी गराउ“दा कुनै सुनुवाई हुन नसकेको कारण मन्त्रालयबाटै ठोस कदम चाल्नु पर्ने चौलागाईंले माग गरे । नेकपा एमाले मकवानपुरको स्वागत तथा सम्मान कार्यक्रममा युवा संघको लीखित जानकारी र शिवम् सिमेन्टको खानी उत्खनन क्षेत्रका जानकार एमाले २ न. क्षेत्रीय अध्यक्ष बिदुर हुमागा“ईले ६ भन्दा बढी गाविसका बासिन्दा खानीबाट प्रत्यक्ष असरमा भएको जानकारी गराएपछि मन्त्री पाण्डेले चासो दिएर सरकारले आवश्यक कारबाही गर्ने बताएका थिए । 
हुमागार्इंले संसदीय अनुगमन समितिले शिवम्को खानी उत्खनन क्षेत्रको प्रतिवेदन अनुसार आसपासका ६ बढी गाविसका बासिन्दा प्रभावित भएको बताए । शिवम्ले राज्यले तोकेको विधिभन्दा बाहिर रहेर गरेको खानी उत्खनन्बाट निस्किएका ढुङ्गा, माटो र बालुवाका फोहोरले स्थानीयको खेतियोग्य जमिन गुमेको
बताए । 
शिवम्ले नाकाबन्दी र तराई आन्दोलन यता पटक पटक गरी तीन पटक मूल्यबृद्धि गरेर १ सय ५० रुपैया“ प्रतिबोरा सिमेन्टमा मुल्य वृद्धि गरेको युवा संघका अध्यक्ष चौलागाईंको भनाई छ ।
Powered by Blogger.