पहिलो जन्मदिन मानवसेवा आश्रममा
हेटौँडा/हेटौंडा–१० कर्राका एक दम्पतिले आफ्नो छोराको पहिलो जन्मदिन मानवसेवा आश्रमलाई सहयोग गरी मनाएका छन् ।
कर्राका गौरव गोले र कुमारी वाईवाले छोरा सोनाम गोलेको पहिलो जन्मदिन हेटौंडामा रहेको मानवसेवा आश्रममा आश्रितलाई सहयोग गरी मनाएका हुन् ।
विभिन्न कारणले सडक पेटीमा कष्टकर जीवन बिताउन बाध्य रहेकाहरुको उद्धार, पालनपोषण एवम् संरक्षण गर्दै आएको आश्रममा छोरासहित उपस्थित भएका गोले दम्पतिले आश्रममा आश्रय लिइरहेकाहरुलाई एकछाक खाना बराबरको सहयोग गरेका हुन् । खुसीयाली साट्ने नाममा अनावश्यक खर्च गर्नु भन्दा सहयोगापेक्षी व्यक्तिहरूको सेवामा सहयोगी हात बढाउनु उचित ठानेर आश्रममा सहयोग गरेको र यसो गर्दा हर्षको महशुस भएको आमा कुमारी वाईवाको भनाई छ ।
