दशगजा धर्ना कहिलेसम्म ?
तराई–मधेस आन्दोलन मोडिएर दशगजा क्षेत्रमा धर्ना बस्न थालेपछि मुलुक यतिबेला सबैभन्दा कष्टपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । आफ्नै मुलुकमा नाकाबन्दी गर्न सघाउ पुर्यााउने आन्दोलनको यो शैली जति लम्बिँदै जान्छ त्यति हाम्रो दुःखको अवस्था पनि लम्बिँदै जान्छ । तराई–मधेस आन्दोलनले उठाएका विषयप्रति सहमत हुँदाहुँदै पनि आन्दोलनको शैलीले अहिले अत्यन्तै नकारात्मक भावना पैदा गर्न थालेको छ । यसले सीमा नाकामा पर्ने प्रदेशहरूले भोलिका दिनमा पनि यही शैली अपनाएर मुलुकलाई बन्धक बनाउन सक्ने अवस्था सिर्जना भएको छ ।
अहिले तराई–मधेसको आन्दोलन माग पूरा गराउन सफल भयो भने पनि यो शैलीले मुलुकलाई सुदूर भविश्यसम्म कोपरिरहने छ । प्रकृतिले हामीलाई भारतबाट तीनतिर र उत्तरको छिमेकी चीनसँग एकातिरबाट जोडेको छ । भूपरिवेष्ठित नेपाल यतिबेला इतिहासकै सबैभन्दा कठिनतम समयमा गुज्रिरहेको छ । भनौं के भनौं नभनौं कति दिन यसरी नै बस्ने भन्ने अवस्था सिर्जना भएको छ । आफ्नै नागरिकले नाकामा बसेर गरेको अवरोधले छिमेकीलाई नाकाबन्दी गर्न सजिलो पारेको छ । जानेर नजानेर हाम्रा आफ्नै नागरिक मुलुकलाई कमजोर बनाउन लागेका छन् भन्दा दुई मत हुने छैन । नेपाल कस्तो अप्ठ्यारो अवस्थामा पर्यो भने आन्तरिक समस्या कूटनीतिक समस्याका रूपमा मुखरित हुन थालेको छ । मधेसको आन्दोलनमा भारतीय स्वार्थले जरो गाड्दै गएको छ । आन्दोलनकारीलाई पक्कै पनि लागेको हुन सक्छ, हामी कुनै न कुनै रूपमा त्यो स्वार्थको हतियार भएका छौं । तर, उनीहरूले आन्दोलन धानेर यतिका दिनसम्म ल्याइसकेका छन् । छिमेकी भारतका निम्ति पनि यो परिस्थितिले नकारात्मक असर पारेको छ । उसले भन्नलाई यो समस्या तपाईंहरूको हो भनिरहेको छ । यति भने पनि तराई–मधेसका नेताहरूमा समेत वार्ताबाट समस्या समाधान गर्ने इच्छाशक्ति देखिन्न । त्यसैगरी सरकारी पक्षमा पनि वार्तालाई घनीभूत ढंगले अघि बढाउने तत्परताको अनुभूति भएको छैन । बुझ्न सकिन्छ– आन्दोलनकारी, सरकार र यो आन्दोलनसँग जोडिएको भारतीय नाकाबन्दीको पक्ष सबैलाई अप्ठ्यारो भइरहेको छ । यसलाई सहज अवतरण गराउन सके हुन्थ्यो भन्ने सबैको भित्री चाहना भए पनि यो सजिलो देखिन्न । जतिजति ढिलो गर्यो गाँठो उतिउति कस्सिँदै गएको छ । नाकाबन्दी अब मानवीय संकट पैदा गर्ने स्तरमा पुगिसकेको
छ । त्यसैले यसलाई टुंग्याउन पहलकदमी हुनुपर्ने देखिन्छ । युनिसेफले पछिल्लो पटक नाकाबन्दीका कारण ३० लाख बालबालिकाको ज्यान जोखिममा परेको स्पष्ट पारिसकेको छ । अतः छिमेकी भारतले पनि यो मानवीय संकट बुझेर आफ्नो तर्फबाट नाका सहज बनाउन पहल
गर्नुपर्छ । नेपालसँगको सम्बन्धलाई उसले केही नेतासँग बिग्रिएको सम्बन्धका रूपमा मात्र लिनुहुँदैन । यो परिस्थिति लम्बिँदै जाँदा स–साना नानीका मनमस्तिष्कमा समेत भारतले गर्दा आज स्कुल जान नपाएको वा खाना खान नपाएको भन्ने पर्दै जानेछ । छँदाखाँदाको राम्रो सम्बन्ध बिगार्नतिर लाग्नु राम्रो हुँदैन । दुई देशबीचको सीमा अन्तर्राष्ट्रिय कानुनका आधारमा पनि विरोध प्रदर्शन गर्ने ठाउँ होइन । भारतले यो प्रवृत्तिलाई प्रोत्साहन गर्नुहुँदैन । हाम्रो सरकारले पनि सम्बन्ध सुमधुर बनाउन प्रभावकारी कुटनीतिक पहलहरू थाल्दै महत्वपूर्ण वार्तालाई तीव्र गतिमा अघि बढाएर समस्याको समाधान खोज्नुपर्छ ।
आखिर तराई–मधेस केन्द्रित नेताहरूका निम्ति पनि यो अवस्थाले राम्रो गरेको छैन । यस्तो आन्दोलन गरिरहँदा तराईदेखि पहाड र हिमालसम्मका सर्वसाधारणबीच राम्रो छवि बन्ने छैन । हाम्रा नागरिकबीचको सद्भाव जोगाइराख्न आन्दोलनकारी नेतृत्वले सोच्ने बेला भइसकेको छ । दशगजाकेन्द्रित आन्दोलन तत्काल नरोके यसले निकट भविश्यमा विकराल समस्या निम्त्याउने निश्चित छ । यदि आन्दोलनकारी स्वयम् पनि नेपाली नै हुन भने यो संभावित संकटप्रति गंभिर हुन नितान्त आवश्यक छ । त्यसो भए मात्र वार्ता संभव हुनेछ र उनीहरुको माग पूरा गराउन सिंगै मुलुक तराई–मधेसको पक्षमा उभिनेछ ।