क्रिकेटको उपाधी सिद्धार्थलाई
हेटौंडा,१३माघ/हुप्रामा भएको जिल्लास्तरीय प्याब्सन अन्तरविद्यालय खेलकुद प्रतियोगिताको क्रिकेट उपाधिमाथि सिद्धार्थ शिशु सदन इ·िलस बोर्डिङ स्कुलले कब्जा जमाएको छ । बुधवार भएको क्रिकेट फाइनलमा सिद्धार्थ शिशु सदनले जेनिथ उमाविलाई निराश तुल्याउ“दै उपाधि चुमेको हो । ६ वर्ष पछि सिद्धार्थले उपाधि जितेको यो पहिलो पटक हो । प्रतियोगिताको गत संस्करणमा पनि जिएस निकेतनसग फाइनलमा पराजित भएको थियो ।
बुधबार भएको फाइनल खेलमा सिद्धार्थले जेनिथलाई ९ विकेटले हराएको छ । टस जितेर ब्याटिङ रोजेको जेनिथले १७ दशमलव ३ ओभरको समाप्तिमा अलआउट हु“दै सिद्धार्थलाई ६३ रनको लक्ष्य पेश गरेको छ । जेनिथको लक्ष्य पछ्याउ“दै क्रिजमा आएको सिद्धार्थले ९ दशमलव २ ओभर खेल्दै १ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गरेको सिद्धार्थले जेनिथलाई खुलेर खेल्न दिएन । कसिलो बलिङको शिकार परेको जेनिथका ब्याट्सम्यानले आकर्षक स्कोर बटुल्न सकेनन् । जेनिथलाई अलआउट गराउन श्यामुल हकले सर्वाधिक ४, पार्क विष्ट र अमित साहले समान २–२ विकेट लिएका छन् । सिद्धार्थलाई उपाधि दिलाउन सारंश गँैतमले अविजित रह“दै २९ रन तथा सुमन श्रेष्ठले २२ रनको योगदान गरे । फाइनल खेलको म्यान अफ दी म्याच सिद्धार्थका श्यामुल चुनिए । प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी सन्देश पोखरेल भएका छन् ।
उनले ४० रन र ७ विकेट लिएका छन् । उत्कृष्ट बलर सिद्धार्थका पार्क विष्ट चुनिए । उनले प्रतियोगिता भरी सर्वाधिक ९ विकेट लिए । उत्कृष्ट ब्याट्सम्यान जिएस निकेतका कप्तान यमन बर्तौला घोषित भए । उनले ५० रन बटुले । प्रतियोगिताको विजेता सिद्धार्थ र उपविजेतामा चित्त बुझाएको जेनिथले ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन् । उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिएको छ । विजेता, उपविजेता र उत्कृष्ट खेलाडीलाई जिल्ला शिक्षा अधिकारी अम्बिका प्रसाद आचार्य र प्याब्सन मकवानपुरका अध्यक्ष मदन दाहालले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि रहेका जिल्ला शिक्षा अधिकारी आचार्यले विद्यालय र खेल भनेको एक आपसको पाटा रहेको बताए । ‘शिक्षा क्षेत्रको लागि खेलकुद प्राक्टिकल’ रहेको बताउँदै आचार्यले भने–‘देशको चौतर्फी विकास गर्नको लागि खेलको अहम भूमिका रहने’ बताए । प्याव्सन मकवानपुरका अध्यक्ष दाहालको सभाध्यक्षतामा भएको प्रतियोगिताको समापन कार्यक्रममा मकवानपुर क्रिकेट संघका अध्यक्ष बासुलाल श्रेष्ठ, प्याब्सनका उपाध्यक्ष अनिल पाण्डे, सचिव विनोद सुवेदी, सदस्य उपेन्द्र सुवेदीलगायतको आतिथ्यता रहेको थियो ।
क्रिकेट प्रतियोगितामा १४ विद्यालयको पुरुष टिम सहभागी भएका थिए । यसैगरी मंगलबार भएको भलिवल फाइनलमा महिला तर्फ कृष्ण आदर्श र पुरुष तर्फ सनसाइन बोर्डिङ स्कुलले उपाधि जितेको थियो । निजि तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल, मकवानपुर (प्याब्सन)को आयोजनामा माघ ८ गतेबाट सुरु अन्तरविद्यालय खेलकुद प्रतियोगिता बुधवार समापन भएको हो । प्रतियोगितामा भलिवल तर्फ १६ विद्यालयको पुरुष र ८ विद्यालयको महिला टिम सहभागी थियो ।
