Header Ads


बुधबारै कार्यालय छोडे, जनतामा खुसियाली

गणेशदर्पण अधिकारी
हेटौँडा,१३माघ/‘यहा“का मिडियाले मेरो बिरुद्धमा समाचार लेख्दैमा मलाई कसैले सरुवा गर्न सक्दैन, मलाई मकवानपुरका सबै उद्योगी व्यवसायीले चाहेका छन्, माया गरेका छन्’ भन्दै सार्वजनिक कार्यक्रममा भाषण गर्दै हि“ड्ने मकवानपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाको सरुवा भएको छ ।
 ‘काम भन्दा कुरा ठूला गर्ने सिडिओ’ को उपाधि पाएका थपलिया १० महिनाको कार्यअवधिमा विवादै विवादमा मुछिएका थिए । देशले खेप्न परिरहेको असहज परिस्थितीको अवस्थामा भ्रष्टचारी एवम् कालोबजारीसंग सा“ठगा“ठ गरेको आरोप लागेका थपलियाको बुधबार सरुवा भएको जानकारीमा आएको छ । हेटौंडा–२८ बसामाडीमा रहेको सहारा ग्यास कम्पनीले कम तौल भएको सिलिण्डर बजारमा पठाएको अनुगमनका क्रममा फेला पर्दा समेत कार्वाही गर्ने मेरो काम हैन भन्दै हिंडेका थपलियालाई मकवानपुर उद्योग बाणिज्य संघको ४९ औं बार्षिक साधारणसभाको उद्घाटन समारोहमा पूर्वप्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट सम्मान गर्ने कार्यक्रममा राखिएको थियो । 
उक्त कार्यक्रम सार्वजनिक रुपमा हलबाटै बहिष्कार भएपछि सिडिओ थप चर्चामा आएका थिए । सिडिओले 
गरेको कर्तुतलाई लुकाउनका साथै उनको सरुवा गराउन गृह मन्त्रालय पुगेका माओवादी मकवानपुरका नेताहरुलाई दरिलो झापड हान्ने उद्देश्य सहित उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको व्यक्तिगत स्वार्थमा सम्मान कार्यक्रम राखिएको भन्दै विवाद भएको थियो । हेटौंडामा रहेको थर्डआइ 
रिकण्डिसन हाउसका सञ्चालक कृष्णराज कोइरालाले सम्मानको कार्यक्रम सुरु हुनै लाग्दा ‘विवादमा परेका प्रमुख जिल्ला अधिकारी थपलियाको सम्मान कार्यक्रम रोकियोस्, यो सम्मानको लागि प्रमुख जिल्ला अधिकारी योग्य छैन’ भन्दै औंला ठड्याएर बोलेपछि सम्मान कार्यक्रम रोकिएको थियो । 
मुलुकको तेस्रो शक्तिको अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री प्रचण्डबाट सम्मान प्रदान गरिनुपर्ने कुनै गतिलो काम प्रमुख जिल्ला अधिकारीबाट नभएको ठोकुवा गर्दै कोइरालाले सम्मान रोक्न अनुरोध गरिरह“दा हलमा रहेका प्राय उद्योगी व्यवसायीले तालि बजाएर हुटिङ गर्दै समर्थन जनाएका थिए । सम्मान कार्यक्रममा उपस्थित सांसद् रामनारायण विडारीले प्रजिअ थपलियाको सम्मान कार्यक्रम रद्ध गरिएको जानकारी गराएपछि आक्रोशित कोइराला सहितका युवा व्यवसायीले साधारणसभाको बा“की कार्यक्रम सञ्चालन गर्न दिएका थिए । 
भूकम्प पछिको राहत वितरण संगै ग्यास र इन्धन वितरणमा कालोबजारी गरेको र अपारदर्शी भएको भन्दै चौतर्फी विरोध खेपिरहेका थपलियालाई गृह मन्त्रालयले बुधबार सरुवा गरेको हो । उनी बुधबारै आफ्नो झिटीझाम्टा सहित काठमाण्डौं तर्फ लागेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका एक कर्मचारीले बताए । थपलियालाई धनुषाका प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको जानकारीमा आएको छ । अब मकवानपुर भने सिराहाका प्रमुख जिल्ला अधिकारी डा.मानबहादुर बिक सम्हाल्ने बुझिएको छ । थपलियाले केही सीमित व्यवसायीसंगको ‘सेटिङ’ मा इन्धन वितरणमा अघोषित सिन्डिकेट गरेको, जिल्लाका लागि आएको इन्धन तथा ग्यास काठमाडौं पठाएको र कुपन वितरणमा आसेपासेलाई प्राथमिकता दिएको भन्दै व्यापाक जनविरोध भैरहेको थियो । यस्तै भूकम्प पश्चात वितरण गरिएको राहतका सामाग्रीमा अनियमितता गरेको, केही गाविसमा अझै सरकारले दिने भनेको रकम नपठाएर मनलाग्दी गरेकोलगायतका आरोप लागेको छ । खुल्ला सार्वजनिक कार्यक्रममा मलाई कसैले सरुवा गर्न सक्दैन भन्दै फुर्ति लगाउ“दै हि“डेका थपलियाको मन्त्रालयकै पदाधिकारीसंग ठूलै सा“ठगा“ठ भएको हुन सक्ने यहा“का सर्वसाधारणको बुझाई थियो ।
 प्रदेश दैनिक लगायतका केही सञ्चार माध्यमले नियमित रुपमा प्रमुख जिल्ला अधिकारीको व्यवहार र जनगुनासोको बिषयमा समाचार संकलन र प्रकाशन गरिरहेको थियो । उद्योग वाणिज्य संघको साधारणसभाको दिन ‘आज मउवा संघको ४९ औं साधारणसभा’, ‘विवादित सिडिओलाई सम्मान गरि“दै’, ‘माले मकवानपुरले कार्यक्रम बहिष्कार गर्ने’ भन्दै प्रकाशन गरेको समाचार कार्यक्रमका प्रमुख अतिथि प्रचण्ड, सांसद् रामनारायण बिडारीलगायतको हातमा परेको थियो । त्यसपश्चात उनीहरुबाट सकारात्मक नतिजा आउने आम मकवानपुरबासीले आशा गरिरहेका थिए । 
प्रजिअ थपलियाले व्यापक जनविरोध हु“दा समेत स्थानीय पत्रपत्रिकामा आएको समाचार र यहा“का राजनीतिक दलहरुले कुनै पनि हालतमा आफ्नो सरुवा गराउन नसक्ने भन्दै हि“ड्ने गरेको सिडिओ बुधबार दिउ“सै सुटुक्क काठमाण्डौं लागेका छन् । विहान १० बजे सरुवाको पत्र हातपरेसंगै औपचारिक रुपमा बिदाई नै नभई सुटुक्क कार्यालय छाडेपछि कार्यालयका कर्मचारी छक्क परेका छन् । 
‘सिडिओले यसरी लज्जास्पद अवस्थामा जिल्ला छोड्लान भन्ने हामीले सोचेका थिएनौ“’, एक कर्मचारीले भने, ‘उनी गएको समेत पत्तो पाइएन, अन्तबाट थाहा पाउनुपर्ने अवस्था आयो ।’
Powered by Blogger.