Header Ads


विप्लव माओवादीका जिल्ला सेक्रेटरी ज्वाला पक्राउ

हेटौँडा,२६माघ/मकवानपुर प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीका जिल्ला सेक्रेटरी बीरबहादुर घलान ‘ज्वाला’लाई नियन्त्रणमा पक्राउ गरेको छ ।
गत मङ्सीर २६ गते पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–२८ तीनताप्केमा ना.४ ख ६९७४ नम्बरको अग्नि बसबाट ग्यास र पेट्रोलियम पदार्थ जबरजस्ती चोरी गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनलाई मङ्गलबार मनहरी बजारबाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) मीरा चौधरीका अनुसार मङ्सीर २६ गते राजमार्गमा गुडिरहेको बस नियन्त्रणमा लिइ त्यसमा रहेको ग्यास र पेट्रोल चोरी गरेको भन्ने उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएको हो ।
‘बसबाट ग्यास र पेट्रोल चोरी गरेको घटनामा उनको (घलान) संलग्नता रहेको भन्ने बुझिएकोले हामीले नियन्त्रणमा लिएका हौ“’, एसपी चौधरीले भनिन्, ‘हामीले घटना भएकै मितिदेखि उनलाई खोजिरहेका थियौ“ । उक्त घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजीकार्य भैरहेको छ ।’ विप्लव माओवादीका नेता एवम् कार्यकर्ताले २६ गते ग्यास र पेट्रोल लुटेको र २८ गते उजुरी दर्ता भएको प्रहरीको भनाई छ ।
सरकार र प्रहरी प्रशासनको मिलेमतोमा महङ्गी र कालाबजारी फस्टाइरहेको धारणा सार्वजनिक गर्दै मकवानपुरमा ज्वाला नेतृत्वको माओवादीले मङ्सीर २६ गते काला बजारीका निम्ति अबैध रुपमा काठमाडौं लैजादै गरेको अवस्थाको पा“चसय लिटरपेट्रोल र खाना पकाउने ग्यासका २० वटा सिलिण्डर नियन्त्रणमा लिएको जानकारी गराएको थियो । तर प्रहरीले भने त्यसको दुईदिन पछि नै उक्त घटनालाई जबरजस्ती चोरी एवम् लुटपाटको संज्ञा दि“दै त्यस घटनामा संलग्न भएको आरोपमा माओवादीका कार्यकर्ता हेटौंडा–२९ बस्ने २७ बर्षका बाबु भन्ने पुर्णसिंह घलान र २५ बर्षका कान्छा भन्ने सौगात घलानलाई नियन्त्रणमा लिएको
थियो ।
प्रहरीले दुईजनालाई नियन्त्रणमा लिए लगत्तै माओवादीका जिल्ला सेक्रेटरी ज्वालाले प्रेस विज्ञप्ति जारी गर्दै ‘राज्य र नागरिकलाई सहयोग पु¥याउने उद्येश्यले अवैध रुपमा ल्याएको अवस्थाको पेट्रोल र ग्यास आफ्नो पार्टीले नियन्त्रणमा लिएर जनतालाई वितरण गरेको स्पष्टिकरण दि“दै प्रहरीले विना कारण आफ्ना कार्यकर्तालाई नियन्त्रणमा लिएर दुःख दिएको आरोप लगाएका थिए ।
माओवादीले नियन्त्रणमा लिएको ग्यास र पेट्रोल जनतालाई वितरण गरिएको भनिएपनि कहा“ कसलाई कति परिमाणमा वितरण गरियो भन्ने बिषयमा भने माओवादीले खुलाएको थिएन । माओवादीका केही नेता कार्यकर्ताले आफ्नो व्यक्तिगत प्रयोजनका लागि उक्त ग्यास र पेट्रोल लुटेको पाइएको बताएको छ ।
Powered by Blogger.