Header Ads


घरेलु खेलाडीहरुको नाम सार्वजनिक

हेटौँडा,२३माघ/यही फागुन १ गतेबाट हुने कर्लश मोबाइल अन्तराष्ट्रिय आमन्त्रित गोल्डकप फुटबलमा
मकवानपुरकै प्रतिनिधि जनाएको रिगल हेटौँडा रिसोर्ट हेटौँडा ११बाट सहभागिता जनाउने खेलाडीहरुको नाम शनिबार सार्वजनिक गरेको छ ।
बन्द प्रशिक्षणमा रहेका २० जना खेलाडीहरु मध्ये अन्तिम १३ जना खेलाडीहरुको नाम सार्वजनिक गरेको
रिसोर्टले जनाएको छ । रिसोर्टले सार्वजनिक गरेअनुसार गोलकिपरमा अशोक वराल, विकेशलाल श्रेष्ठ डिफेण्डरमा अनिल थापा, विक्रम बानियाँ, मनोज विष्ट, सुरज विष्ट र आकाश कटुवाल रहेका छन् । त्यसैगरी मिडफिल्डरमा रवि भण्डारी, सुशान्त लामा, गणेशराई, भीम लामा, सुमन आलेमगर र फरवार्डमा  विके लामा
रहेका छन्  ।
Powered by Blogger.