Header Ads


बहुउद्देश्यीयले बहुकार्य गर्नुपर्नेः लम्साल

हेटौँडा,२३माघ/मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेडको दोस्रो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष रामहरी न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष बद्री लम्सालको प्रमुख आतिथ्यता रहेको
थियो । कार्यक्रममा प्रमुख अतिथी रहेका लम्सालले बहुउद्देश्यीय सहकारी संघले एउटा मात्र कार्य नगरी बहुकार्य गर्नुपर्ने बताए । संघका १८ वटा संस्थाहरु आवद्ध भएकोले सहभागिताको रुपमा प्रारम्भीक सहकारीको अनुगमन गर्नुपर्ने लम्सालले बताए । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक मकवानपुरका प्रबन्धक हिरा सुनारले सहकारीहरुले परियोजनामा रही कार्य गर्नुपर्ने बताए ।
 उनले पूँजी परिचालन गर्न सकेमा सहकारीहरुले गरेको आन्दोलनमा थप टेवा पुग्ने बताए । कार्यक्रममा संघका अध्यक्ष न्यौपानेले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संघको कुल शेयर पुँजी १ लाख १० हजार रहेको बताए । संघको सदस्य संस्थाहरुले गत वर्षसम्म रु १५ हजार बचत गरी बचत कार्यको सुभारम्भ भएकोमा हाल ४४ हजार ८ सय ५० रुपैयाँ रहेको उनले बताए । त्यसैगरी संघका कोषाध्यक्ष विमलकुमार ढकालले आर्थिक आय–व्यय प्रस्तुत गरेका थिए ।
उनले आर्थिक वर्ष २०७२÷७३ मा  संस्थाले २ लाख३ हजार ५ सय रुपैयाँ आम्दानी गर्ने र २ लाख ६ हजार ५ सय रुपैयाँको अनुमानित खर्च प्रस्तुत गरेका थिए ।  संघले पालुङ बहुउद्देश्यीय सहकारी संस्थालाई उत्कृष्ट सहकारीको रुपमा सम्मानीत गरेको थियो भने बढी मात्रामा रोजगारी प्रदान गर्न सफल र निरन्तर बचतको रुपमा तिलगंगा बहुउद्देश्यीय सहकारी संस्थालाई प्रमुख अतिथि र संघका अध्यक्षले सम्मानित गरेका थिए । कार्यक्रममा संस्थालाई प्रचारप्रसार गर्न सहयोग पु¥याएको भन्दै सञ्चारकर्मी सुजन ढकाल, विजय पौडेल, प्रिया पौडेल र पुष्पराज अधिकारीलाई खादा ओडाएर सम्मान गरेको थियो ।
कार्यक्रममा डिभिजन सहकारी कार्यालयका प्रुमख तिलकराम पोखरेलले संघको आर्थिक कारोवार घाटा भएकोले  यसतर्फ विशेष ध्यान दिन आग्रह गरेका थिए । उनले संघका  १८ वटा बहुउद्देश्यीय सहकारी संस्थामात्र आवद्ध भएकोले संस्थाको संख्या वृद्धि गर्न आग्रह गरेका छन् ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका सहसचिव मिरा चौरेल, हेटौँडा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इन्द्रबहादुर बस्नेत लगायतको आतिथ्यता रहेको थियो ।
Powered by Blogger.