फागुन २० गतेबाट औद्योगिक व्यापार मेला
हेटौंडा, २२ माघ/ मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा जिल्लाको आर्थिक, सामाजिक, साँस्कृतिक, कृषि तथा पर्यटकीय विकासका लागि २ वर्षमा आयोजना गर्दै आएको राष्ट्रियस्तरको औद्योगिक ब्यापार मेला फागुन २० देखि सुरु हुने भएको छ । मेला ३० गतेसम्म चल्नेछ ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने संयोजक रहेको १ सय १ सदस्यीय राष्ट्रिय औद्योगिक व्यापार मेला २०७२ मूल समिति गठन गरिएको छ । संघको आयोजनमा विगतमा भएका मेलाहरुमा सक्रिय भूमिका निर्वाह गरेका सरकारी, गैरसरकारी संस्थाका प्रतिनिधिहरुलाई समेट्दै र सक्रिय देखिएका अन्य संघसंस्थाहरु समेत रहने गरी मूल समिति गठन गरिएको संघ अध्यक्ष न्यौपानेले जानकारी गराए ।
मेला आयोजनाका सन्दर्भमा संघले शुक्रबार सर्वदलीय सर्वपक्षीय छलफल आयोजना गरेको थियो । कार्यक्रममा संघ अध्यक्ष राजकुमार न्यौपानेले हेटौंडा–१० टीसीएनमा मेला गर्ने भनिए पनि नाकाबन्दीलगायत विविध कारणले त्यो सम्भव हुन नसकेको बताए । उनले हुप्रचौरलाई खेलकुद क्षेत्रकै लागि छुट्याउँदै यसवर्ष अन्तिम पटकका लागि हुप्रचौरमा मेला आयोजना गर्न दलहरुको सहमतिमा निर्णय गरिएको उनको भनाइ छ ।
यसपटकको मेला वास्तविक ढंगले औद्योगिक व्यापार मेला हुने भन्दै अध्यक्ष न्यौपानेले स्थानीय पर्यटन प्रबद्र्धन गर्न हेलिकोप्टरबाट उडान भरी सिटी टुरको सुविधा उपलब्ध गराइने बताए । हेटौंडा उपमहानगरपालिकाका अधिकृत शंकरप्रसाद उपाध्यायले मेलामा राखिने खाद्यको गुणस्तर र मूल्यमा ध्यान दिनुका साथै सरसफाईमा विशेष चनाखो रहन सुझाव दिए । जिल्ला विकास समितिका योजना अधिकृत किसान न्यौपानेले पर्यटन प्रबद्र्धन गर्ने अवस्थामा मेलालाई जिविसले सहयोग गर्ने प्रष्ट पारे ।
दलका प्रतिनिधिहरु राप्रपाका सीताराम बर्ताैला र राप्रपा नेपाल अध्यक्ष नवराज विष्टले मेला विगतको निरन्तरता जस्तो मात्रै नभई सन्देशमूलक हुनुपर्ने र कृषिजन्य उत्पादनलाई मेलामा उच्च स्थान दिनुपर्ने सुझाव दिए । उद्योग संघ मकवानपुर अध्यक्ष नवराज अर्याल, जिल्ला वन कार्यालयका अधिकृत प्रवीण बिडारी, संघ पूर्वअध्यक्ष उत्तम शर्मा ढकाल र हस्तकला संघ अध्यक्ष ज्ञानभक्त लामालगायतले मेलाका विविध पक्षबारे सुझाव दिएका थिए । हेटौंडा–४ स्थित हुप्रचौरमा आयोजना गरिने मेलामा विभिन्न उद्योग, व्यवसाय, कृषि, पर्यटनलगायत करिब ४ सय स्टल रहनेछन् ।