Header Ads


प्रशासनको राजश्व २१ लाख

हेटौँडा,९फागुन/जिल्ला प्रशासन कार्यालय मकवानपुरले गत माघ महिनामा २१ लाख १० हजार रुपैयाँ राजश्व सङ्कलन गरेको प्रगति विवरणमा जनाएको छ । 
प्रशासन कार्यालय मकवानपुरले माघ महिनाको प्रगति विवरणबारे जानकारी गराए अनुसार ६ लाख ७५ हजार खर्च
रहेको छ  । माघ महिनामा जिल्ला प्रशासनबाट ९ सय ४८ वटा नागरिकता वितरण भएको पाइएको छ जसमा ४ सय २८ जना महिला र ५ सय २० जना पुरुष रहेका छन् । यस्तै, माघमा ४ सय ८३ वटा नागरिकताको प्रतिलिपी वितरण तथा ५ हजार १ सय १५ वटा पूरानो नागरिकता कम्प्युटरमा प्रविष्ट गरेको जनाइएको छ ।
माघ महिनामा प्रशासनले १२ सय ४८ वटा राहदानीका लागि सिफारिस गरेको पाइएको छ । साधारण किसीमको ७ सय ५ र द्रुत रुपमा ५ सय ४३ वटा राहदानीका लागि सिफारिक पेश गरिएको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए ।
प्रशासनले २७ जनालाई नावालक परिचयपत्र वितरण, २ वटा विवाह दर्ता, ४ वटा संघसंस्था दर्ता गरेको प्रशासनले माघ महिनाको विवरणमा उल्लेख गरेको छ ।
Powered by Blogger.