कोइरालाको निधनबाट का“ग्रेसलाई ठूलो क्षति ः बलायर
हेटौँडा,९फागुन/नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् सांसद वीरबहादुर बलायरले सुशील कोइरालाको निधनबाट पार्टीलाई ठूलो क्षति भएको बताए ।
नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको १३ औं दिनको पुन्यतिथिमा आइतबार भएको नेपाली काँग्रेस मकवानपुरले आयोजना गरेको श्रद्घाञ्जली सभामा प्रमुख अतिथी रहेका बलायरले यस्तो बताएका
हुन् ।
निष्ठाको राजनीति गर्ने कोइराला नेपाली राजनीतिको शिखर भएको बताउदै उनले कोइरालाप्रति सच्चा श्रद्घाञ्जलीका लागि पनि उनले लिनुभएका नीतिलाई मनन गर्नुपर्ने बताए । पार्टी मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा एमाले मकवानपुरका अध्यक्ष मुनु सिग्देल, सांसद अनन्त पौडेल, काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, पूर्व सभापति माइकल रामचन्द्र अर्याल, नयाँ शक्ति अभियान मकवानपुर संयोजक प्रल्हाद लामिछाने, संघीय समाजवादी फोरम नेपाल मकवानपुर अध्यक्ष शुभरत्न गोले, नेकपा मकवानपुर अध्यक्ष विनोद रिजाल, राप्रपाका तीन नम्बर क्षेत्रीय अध्यक्ष सिताराम बर्तौला लगायतले मन्तव्य व्यक्त गरेको थियो । कार्यक्रममा काङ्ग्रेस मकवानपुरका जिल्ला, गाउँ तहका नेता कार्यकर्ताहरुको सहभागिता थियो । सभापति कोइरालाको निधनकै दिन माघ २६ मा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले तेह्रौ पुन्यतिथिमा देशभर कार्यक्रम गर्ने निर्णय बमोजिम मकवानपुरमा पनि सभा गरिएको थियो । यसैगरी कोइरालाको अस्तु हेटौंडाको राप्तीखोलामा सेलाइएको छ ।
पार्टी कार्यालयदेखि जुलुसदेखि काँग्रेस कार्यकर्ताहरु अस्तु विसर्जनका लागि राप्ती तट पुगेका थिए ।