सांसद् थापाको स्वकीय सचिवमा ढुङ्गाना
हेटौँडा, १९ बैशाख/सांसद् गणेश थापाको स्वकीय सचिवमा अर्जुन ढुङ्गाना नियुक्त भएका छन् ।
आइतबार सांसद् थापाले राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन मकवानपुरका अध्यक्ष समेत ढुङ्गानालाई स्वकीय सचिवमा नियुक्त गरेका हुन् । स्वकीय सचिवमा नियुक्त भएका ढुङ्गानाले राजनीतिको दौरानमा थप जिम्मेवारी बढेको प्रतिक्रिया दिँदै आगामी दिनमा राजनीति मार्फत निरन्तर देश र जनताको सेवामा समर्पित हुने बताए । ‘सांसद् गणेश थापा दाईको स्वकीय सचिवमा नियुक्ती हुन पाउनु मेरो लागि गौरवको बिषय हो’, ढुङ्गानाले भने, ‘थप जिम्मेवार हुँदै आगामी दिनमा आइपर्ने सम्पूर्ण जिम्मेवारी पूरा गर्दै जानेछु ।’
सांसद् थापा समक्ष आएका जनताका जिज्ञासा एवम् समस्या समाधानमा थापाको निर्देशन बमोजिम लागिपर्ने उनको भनाई छ ।
