Header Ads


दुई बर्षमा माओवादी केन्द्र पहिलो पार्टी ; प्रचण्ड

हेटौँडा, १३ जेष्ठ/नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको आगामी नीति तथा कार्यक्रम एवम् बजेटमा शान्ति प्रक्रियाका बाँकी बिषयको सम्बोधन हुने बताएका छन् ।  
बिहीबार हेटौँडा आइपुगेका उनले कार्यकर्ता संगको भेटमा यस्तो बताएका हुन् । 
आगामी बजेटमा शहीद र बेपत्ता परिवारलाई प्रदान गरिने रकम समेत बिनियोजन हुने जानकारी दिए । प्रचण्डले राष्ट्रिय विकासमा समेत विशेष महत्व राख्ने हेटौँडा–कुलेखानी–काठमाण्डौँ सुरुङमार्ग निर्माणको पक्षमा आफू रहेको धारण राखे । उनले बजेट भाषणपछि राष्ट्रिय सहमतिको सरकार बन्ने बताउदै भने, ‘राष्ट्रिय सहमतिको सरकारले विकास निर्माण, राज्य पुनर्संरचना र पुनर्निर्माणमा जोड दिनेछ ।’ उनले पार्टी एकतासम्म आईपुग्दा पार्टी प्रति आस्था राख्ने कार्यकर्ता एवम् आम जनतामा समेत उत्साह बढेको भन्दै अबको दुई नेकपा माओवादी केन्द्र सबै भन्दा ठूलो पार्टी बन्ने उद्घोष गरे । ‘विभिन्न टुक्रामा छरिएर रहेका माओवादीबीचको एकताले आम कार्यकर्ता एवम् नेपाली जनतामा समेत खुसियाली संगै उत्साह बढेको छ’, उनले भने, ‘अबको दुईबर्ष भित्रमा यो पार्टीलाई नेपालको १ नम्बरको पार्टी बनाउनेछौँ ।’ गणतन्त्र दिवसमा पूर्ब जनमुक्ती सेनालाई व्यवस्थापन गरिने उनको भनाई छ । पार्टी एकतापछी पार्टीको केन्द्रीय कार्यसमिति ठूलो बनेकोे बिषयमा उठेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘अहिलेको आवश्यकताको आधारमा यो भएको हो । केन्द्रीय सदस्यहरुलाई कार्यक्षेत्रमा पठाएपछि यो सबै मिल्नेछ ।’
Powered by Blogger.