हुवावेको प्रचारमा कलाकार : हुवावे स्मार्ट फोनको बिक्री प्रबद्र्धनका लागि नेपाली फिल्म गाजलुको कलाकार टोली हेटौंडा आएका छन् । कलाकार सलोन बस्नेत, गौरब पहाडी, सृष्टि श्रेष्ठलगायतका कलाकार हेटौंडा स्कुलरोड स्थित हुवावे स्मार्ट फोन बिक्रेता शिवबाबा मोबाइल पसलमा आएका हुन् । उनीहरु मोबाइल विक्रेता अन्य पसलमा पनि पुगेका थिए । उनीहरुले मोबाइल खरिद गर्ने ग्राहकलाई गिफ्ट समेत प्रदान गरेका थिए । चिनियाँ टेलिकम्युनिकेशन कम्पनी हुवावे सूचना प्रबिधि सम्बन्धी विभिन्न उपकरण उत्पादन गर्ने कम्पनी हो । यसको माग युरोप अमेरिका र अफ्रिकामा पनि बलियो रहेको दावी छ । |