आधुनिकले निकाल्यो खुसियाली ¥याली
हेटौँडा, ६ असार/गत बर्षहरुको प्रवेशिका परीक्षामा सामुदायिक विद्यालय तर्फ नियमित जिल्ला प्रथम हुँदै आएको हेटौँडाको आधुनिक राष्ट्रिय उच्च माविले खुसियाली ¥याली निकालेको छ ।
विद्यालयबाट प्रवेशिका परीक्षामा सहभागी दुईसय ५५ जना बिद्यार्थी नै उत्कृष्ट ग्रेडमा पास भएको खुसियालीमा ¥याली निकालेको हो । २ जना ए प्लस, २९ जना ए, ६४ जना बी प्लस, एकसय ४ जना बी तथा ५० जना सी प्लस र ६ जना सी ग्रेडमा पास भएका थिए । बिहान आधुनिक स्कूलबाट निस्किएको खुसियाली ¥यालीले हेटौँडा बजारको परिक्रमा गरेको विद्यालयका शिक्षक राजाराम पोखरेलले जानकारी दिए ।
¥यालीमा सहभागी बिद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा पदाधिकारी बजारमा नाच्दै हिँडेका थिए । विद्यालयमा भएको सभामा विद्यालय व्यवस्थापन समिति अध्यक्ष चित्तबहादुर विश्वकर्मा, प्राचार्य ऋषिराम उपाध्याय पोखरेल र निवर्तमान अध्यक्ष राजन मैनालीले सामुदायिक विद्यालय तर्फ आधुनिक उच्च मावि मुलुकमै उत्कृष्ट रहेको दावी गरे ।

