वर्तमान सरकार औचित्यहीन र असफल : पौडेल
हेटौँडा, १ असार/नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारको औचित्य नरहेको र असफल रहेको बताएका छन् ।
संविधान कार्यान्वयनमा ध्यान नदिएको, कालोबजारी रोक्न असफल भएको, तस्करी रोक्न ध्यान नदिएको, दण्डहिनता मौलाउँदै गएको र शान्ति सुरक्षा दिन नसकेको टिप्पणी गर्दै उनले केपी ओली नेतृत्वको सरकार औचित्यहीन भएको बताएका हुन् । नेपाली काँग्रेस क्षेत्र नम्बर ३ मकवानपुरले बुधबार हेटौँडामा आयोजना गरेको प्रशिक्षणको उद्घाटन गर्दै उनले भने, ‘पहिला एमाले कै नेतृत्वमा सरकार रहँदा माओवादीको जन्म भएको थियो ।
अहिले फेरि विप्लव माओवादीको नाममा देशमा हिंसा फैलाइरहँदा पनि एमाले सरकार चुपचाप बसिरहेको छ । सरकारले कुनै शान्ति सुरक्षा दिन सकेको छैन । अब यो सरकारको के औचित्य ?’ विप्लव माओवादीले हिंसात्मक गतिविधि गरिरहँदा पनि सरकार मौन रहनुले थप हिंसाको तानाबाना बुनिँदै गरेको उनको आरोप
छ । ‘यो सरकारको औचित्य कहाँ नेर छ ? सरकारले आफ्नो औचित्यसिद्व गर्न सक्नुपर्छ’, नेता पौडेलले भने, ‘राष्ट्रलाई अशान्तिको भुमरीमा हाल्न खोजिँदैछ ।’
छ । ‘यो सरकारको औचित्य कहाँ नेर छ ? सरकारले आफ्नो औचित्यसिद्व गर्न सक्नुपर्छ’, नेता पौडेलले भने, ‘राष्ट्रलाई अशान्तिको भुमरीमा हाल्न खोजिँदैछ ।’
संविधान कार्यान्वयनका लागि काँग्रेसले नेतृत्व लिने बताउँदै संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन आवश्यक रहेकोमा जोड दिए । काँग्रेस नेता पौडेलले विगतमा संसदलाई खशीको टाउको देखाएर कुकुरको मासु बेच्ने स्थान भन्दै आरोप लगाउने एमाले र माओवादीहरु अहिले त्यही प्रणालीमा आएको बताए । भ्रष्टाचार, तस्कारी, कालोबजारी र हिंसा बढेपनि सरकार मौन बसेको आरोप लगाउँदै उनले कालोबजारी र हिंसा नियन्त्रण गर्न नसक्ने सरकारको औचित्यमाथि बारम्बार प्रश्न गरे । यस्तै उनले पार्टी सभापति शेरबहादुर देउवाप्रति संकेत गर्दै भने, ‘पार्टीको नेतृत्व लिएर मात्रै हुँदैन । जनतालाई प्रभाव पनि पार्न सक्नुप¥यो ।’ काँग्रेसलाई जनताको सेवक पार्टीको रुपमा अघि बढाउनुपर्ने भन्दै उनले श्रमको सम्मान गर्ने संस्कृतिको विकास हुनु आवश्यक रहेको औँल्याए । हरेक आन्दोलनमा काँग्रेसको सिद्धान्त विजयी भएको तर्क गर्दै उनले सिद्धान्तले जित्ने काँग्रेस चुनावमा पटक पटक हार्नुको कारण खोजी गर्दै सोही अनुरुप अघि बढ्नु आवश्यक रहेकोमा जोड दिए । काँग्रेस मकवानपुर क्षेत्र नम्बर ३ का सभापति तारानाथ चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस मकवानपुरका सभापति एवम् सांसद इन्द्र बानियाँ, निवर्तमान सभापति रघुरमण न्यौपाने, पूर्व सभापति माइकल रामचन्द्र अर्याल, जिल्ला सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपी बिक, जिल्ला सदस्य प्रदीप काईराला, महासमिति सदस्यहरु दिनेश उपाध्याय, जयराम लामिछाने, उमा दाहाल, नगरसभापति आनन्दराम पराजुली, महिला संघका अध्यक्ष लक्ष्मी श्रेष्ठ, गणेशहरि उप्रेती, राजेन्द्र घिसिङलगायतले बोलेका थिए ।
कार्यक्रमको उद्घाटनको क्रममा विभिन्न पार्टी परित्याग गरी करिब एकसय जनाले नेपाली काँग्रेसको सदस्यता लिएका थिए । नवप्रवेशीलाई काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुले स्वागत गरेका हुन् । प्रशिक्षणमा काँग्रेसका प्रशिक्षकहरु देवराज चालिसे,शालिकराम शर्मा र प्रकाश स्नेहीले सहजीकरण
गरेको काँग्रेस मकवानपुर ३ नम्बर क्षेत्रका सचिव घनश्याम नेपालले जानकारी दिए ।
